२४ घण्टामा चितवनका ७३ जनामा संक्रमण पुष्टि, थप २ जनाको मृत्यु

भरतपुर, २० असार ।

पछिल्लो २४ घण्टामा चितवनका थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५८ जनामा पीसीआर तथा १८ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।

कार्यालयले आइतबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि २५१ जनाको स्वाब संकलन गरिएको थियो । यस्तै सो अवधिमा २८ वटा एन्टिजेन टेष्ट भएका थिए ।

चितवन जिल्लाभित्र सक्रिय संक्रमितको संख्या हाल १ हजार १७४ रहेको कार्यालयले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये ९१ जना अस्पतालको आइशोलेसनमा छन् भने १ हजार ५४ जना घरमै आइशोलेसनमा रहेका छन् । २९ जना संक्रमित स्थानीय तहले निर्माण गरेको आइशोलेसनमा छन् ।

थपिएका संक्रमितसँगै चितवन जिल्लाभित्रका कूल संक्रमितको संख्या १६ हजार ५८४ पुगेको छ । जिल्लाभित्र हालसम्म भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै १२ हजार १०१ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका १२६ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म १५ हजार १२३ जना संक्रमितलाई निको भइसकेको छ ।

कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृतक दुवै जना भरतपुर महानगरपालिकाका भएको कार्यालयले जनाएको छ । सोसँगै जिल्लाभित्र हालसम्म संक्रमणका कारण २८७ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका १८४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

रत्ननगर नगरपालिकाका ३१ जना संक्रमितको मृत्यु हुँदा खैरहनीका १७ तथा राप्तीका २४ जनाको मृत्यु भएको छ । कालिका नगरपालिकाका १७, माडी नगरपालिकाका ११ तथा इच्छाकामना गाउँपालिकाका ३ जनाको पनि संक्रमणका कारण मृत्यु भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट