चितवनका सबै पालिकामा कांग्रेस अधिवेशन, नेतृत्व चयनका लागि निर्वाचन जारी

भरतपुर, ७ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन जिल्लाका सबै पालिकामा आज अधिवेशन तथा नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम भइरहेको छ । गाउँपालिका, नगरपालिका र महानगरपालिकाका कार्यसमितिको नेतृत्व चयनका लागि बिहानैदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो ।

पालिकाका कार्यसमितिको नेतृत्व चयनमा सम्बन्धित वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूले मतदान गर्नेछन् । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले तोकेको समय र स्थानअनुसार जिल्लाका सातवटै पालिकामा निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको छ ।

भरतपुर महानगरपालिकाको अधिवेशन वडा नं. ४ स्थित फुडमार्ट पार्टी प्यालेसमा भइरहेको छ । त्यसैगरी कालिका नगरपालिकाको अधिवेशन खोलेसिमल बजारस्थित कालिका ब्याङ्क्वेटमा, रत्ननगर नगरपालिकाको निपनीस्थित होटल स्टार चितवनमा, राप्ती नगरपालिकाको भण्डारास्थित राप्ती भिलेज रिसोर्टमा र खैरहनी नगरपालिकाको खैरहनीस्थित लोटस पार्टी भेन्यूमा भइरहेको छ ।

माडी नगरपालिकाको अधिवेशन स्वर्गीय कर्णबहादुर स्मृति प्रतिष्ठानमा तथा इच्छाकामना गाउँपालिकाको अधिवेशन मुग्लिन बजारस्थित थकाली सेवा समाजको भवनमा सञ्चालन भइरहेको छ ।

केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यक्रमअनुसार आगामी असोज १० गते हुने निर्वाचनको विस्तृत कार्यक्रम तथा कार्यतालिका पछि प्रकाशित गरिने जिल्ला निर्वाचन अधिकृत देवबहादुर महतले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट