युरोकप २०२० : इंग्ल्यान्ड सेमिफाइनलमा

भरतपुर, २० असार ।
इटालीको रोममा भएको युरोकप २०२० को अन्तिम क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले युक्रेनलाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

खेलमा इंग्ल्यान्डलका लागि ह्यारी केनले २, ह्यारी मग्युरीले एक र हेन्डरसनले एक गोल गरेका थिए ।

खेलको सुरुवातमा नै केनको १ गोल भएको थियो । जसले इंग्ल्यान्डलाई अग्रता दियो । त्यसपछि पहिलो हाफमा अरु गोल हुन सकेनन् ।

तर, दोस्रो हाफ सुरु भएलगत्तै ४६ औं मिनेटमा मग्युरीले इंग्ल्यान्डका लागि अर्को गोल गरे । त्यसको चार मिनेटमा ह्यारी केनले फेरि एक गोल थपे ।

हेन्डरसनले ६३ औँ मिनेटमा अर्को गोल गरे । यी तीन खेलाडीको चार गोलका कारण इंग्ल्यान्डले आफ्नो सेमिफाइनल यात्रा पक्का गरेको हो ।

रमाइलो त के भने यीमध्ये तीन गोल हेडिङबाट भएको थियो । नकआउट र महत्वपूर्ण एउटै खेलमा यति धेरै हेडिङबाट गोल भएको यो पहिलो पटक हो ।

अब इंग्ल्यान्डले डेनमार्कसँग सेमिफाइनल खेल्नेछ । डेनमार्कले यसअघि चेक रिपब्लिकसँगको खेलमा जित निकाल्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

योसँगै अब युरोकपको सेमिफाइनलमा डेनमार्क, इंग्ल्यान्ड, इटाली र स्पेन पुगेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट