चेक रिपब्लिकलाई हराउँदै सेमिफाइनलमा पुग्यो डेनमार्क

भरतपुर, २० असार ।
चेक गणतन्त्रलाई हराउँदै डेनमार्क युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अजरबैजानको बाकुमा भर्खरै सम्पन्न युरोकप २०२० अन्तर्गत तेस्रो क्वाटरफाइनलमा डेनमार्कले चेक गणतन्त्रलाई २–१ ले हराएको हो ।

खेलको सुरुवातीदेखि नै आक्रामक बनेको डेनमार्कले पाँचौं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम समयमा डेनमार्कले उत्कृष्ट टिम गोल गर्दै अग्रता दोब्बर पारेको थियो । चेक गणतन्त्रले खेककाे ४९ औं मिनेटमा एक गाेल फर्काएकाे थियाे ।

अब डेनमार्कले चौथो क्वाटरफाइनलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्ड र युक्रेनबीच नेपाली समयअनुसार मध्यरात १२:४५ बजे प्रतिस्पर्धा हुँदै छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट