भारी वर्षापछि जापानमा पनि बाढीपहिरो

भरतपुर, २० असार ।

मध्य जापानको सिजुको जिल्लामा शुक्रबार रातिदेखिको भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा २० जना हराएका छन् । सिजुको जिल्लाको अतामी गाउँमा बाढीले एक दर्जन घर बगाएको जनाइएको छ ।

सो गाउँमा घर बगेपछि २० जना बेपत्ता भएका हुन् । अधिकारीहरूले शनिबार बिहानदेखि हराएकाहरूको खोजी कार्य जारी रहेको जनाएका छन् । प्रहरी अधिकारीले हराएकाहरूको खोजी भइरहेहको भए पनि उनीहरू जिउँदै भेटिने सम्भावना निकै नै कम रहेको बताएका छन् ।

सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ । वर्षा तथा बाढीका कारण अतामीका साथै नजिकैका गाउँका हजारौँ मानिस प्रभावित भएको जनाइएको छ ।

त्यस्तै, जापानको मध्यक्षेत्र सिजोओका प्रान्तमा ३५ हजारभन्दा बढी मानिस पहिरोको जोखिममा रहेको भन्दै उनीहरूलाई सुरक्षित स्थलमा सर्न प्रशासनले शनिबार आग्रह गरेको छ । पहिरो प्रभावित क्षेत्रमा पुनः पहिरो आउने खतरा रहेको स्थानीय प्रशासनलाई उद्धृत गरी जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

(बीबीसी तथा रोयटर्सको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट