भरतपुर, २० असार ।
अमेरिकाले पाकिस्तानलाई सहयोग गरेको २५ लाख खोप पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेको छ । अमेरिकाले पाकिस्तानलाई मोडेर्ना खोप उपलब्ध गराएको हो ।
खोपले पाकिस्तानमा फैलिएको कोरोना भाइरसको महामारी न्यूनीकरणमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ ।
महामारीले अप्ठ्यारोमा परेका बेला अमेरिकाले खोप उपलब्ध गराएपछि पाकिस्तानलाई ठूलो राहत भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
पाकिस्तानको संघीय राजधानी इस्लामाबादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालिएको खोप पाकिस्तानस्थित अमेरिकी राजदूतले पाकिस्तानलाई हस्तान्तरण गरेका हुन् । अमेरिकाले विश्वभरि वितरण गर्नेगरी छुट्याएको ८ करोड खोपमध्येबाट अहिले २५ लाख खोप पाकिस्तानलाई उपलब्ध गराएको हो । पाकिस्तानमा हालसम्म चीनले विभिन्न ३ प्रकारका खोप उपलब्ध गराएको छ । चीनले पाकिस्तानलाई सिनोफार्म, क्यानसिनोबायो र सिनोभ्याक खोप उपलब्ध गराएको हो ।
(रोयटर्सको सहयोगमा)





