भरतपुर, २० असार ।
नारायणघाट–मुग्लिन सडक खण्डको भोर्ले नजिकै सेती दोभानमा गएको पहिरोले आइतबार पनि बाटो बन्द भएको छ । त्यहाँमा शुक्रबार साँझ नै ठूलो पहिरो गएको थियो ।
उक्त पहिरो भरतपुरको सडक डिभिजन कार्यालयले शनिबार दिनभर पनि पूरै हटाउन सकेको थिएन । सोही ठाउँमा फेरि पहिरो आएर बाटो अवरुद्ध गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले बताएका हुन् ।
लगातारको वर्षाले गर्दा नारायणगढ–मुग्लिन सडकमा बिहीबार बिहानैदेखि ठाउँठाउँमा पहिरो झरिरहेको छ ।





