थप १६०३ जनामा संक्रमण पुष्टि, २७ जनाको मृत्यु

भरतपुर, २० असार ।

नेपालभर पछिल्लो २४ घण्टामा थप १ हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो एक दिनमा पीसीआर विधिबाट गरिएका ४ हजार ८७६ परीक्षणमा १ हजार ४२ तथा एन्टिजेन विधिबाट गरिएका ३ हजार २५६ परीक्षणमा ५६१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना संक्रमणमुक्त भएका छन् । सोसँगै देशभर हालसम्म संक्रमणबाट निको हुनेको संख्या ६ लाख ९ हजार २१८ पुगेको छ । यो संख्या कूल संक्रमितको करिब ९४ प्रतिशत हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० वर्षसम्मको उमेर समूहका २९० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, हालसम्म गरिएका पीसीआर परीक्षणको संख्या ३३ लाख ६८ हजार ५४२ पुगेको छ । एन्टिजन विधिबाट गरिएका परीक्षणको हालसम्मको संख्या भने २ लाख ४ हजार २४८ रहेको छ ।

नेपालमा हालसम्म पीसीआर विधिबाट गरिएका परीक्षणमा ६ लाख ४४ हजार ६२२ तथा एन्टिजेन विधिबाट गरिएका परीक्षणमा ३८ हजार ११७ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २७ जनाको मृत्यु पुष्टि भएको छ । सोसँगै नेपालमा कूल मृतकको संख्या ९ हजार २२५ पुगेको छ । यो कूल संक्रमितको करिब १.५ प्रतिशत हो ।

देशभर भाइरसका सक्रिय संक्रमितको संख्या भने २६ हजार १७९ रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितमध्ये २३ हजार २२८ जना होम आइसोलेसनमा छन् भने बाँकी २ हजार ९५१ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै देशभर २९५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १८१ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै सघन उपचार कक्षमा उपचार गराइरहेका संक्रमितको संख्या ६०८ रहेकोे छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै १०६ जनाको भेन्टिलेटरमा तथा ३४४ जनाको आइसीयुमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, आइतबार साँझ ४ बजेसम्म देशभर कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाएकाको संख्या २६ लाख ६ हजार ५ पुगेको छ । तीमध्ये ७ लाख ५८ हजार ४६ जनाले दोस्रो मात्राको समेत खोप पाइसकेका छन् । हाल नेपालमा कोभिसिल्ड र भेरोसेल गरी दुई खालका खोपको प्रयोगका लागि अनुमति दिइएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चितवनका १५, काठमाडौंका ३४२, ललितपुरका ८८ र भक्तपुरका ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

वाग्मती प्रदेशका अन्य जिल्लाहरूमा काभ्रेमा १३, नुवाकोटमा ३४ र सिन्धुपाल्चोकमा २५ जना संक्रमित थपिएका छन् ।
सोही अवधिमा चितवनका छिमेकी जिल्लाहरू पर्सामा ०, मकवानपुरमा ०, धादिङमा ८, नवलपुरमा १, नवलपरासीमा ३, तनहुँमा ७ र गोरखामा २ जना संक्रमित थपिएका छन् ।

यस्तै प्रदेश नं १ को झापामा ४०, मोरङमा १२९ र सुनसरीमा ५५ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार प्रदेश नं २ मा २१ जना संक्रमित थपिएका छन् ।

यस्तै गण्डकी प्रदेशमा सबैभन्दा धेरै कास्कीका ७१ जनामा कोरोना पोजिटिभ पाइएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै रुपन्देहीका १६ जना, कर्णाली प्रदेशमा सबैभन्दा धेरै सुर्खेतका १० जना र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै अछामका ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्ला सहित झापा, मोरङ, सुनसरी, चितवन, कास्की र रुपन्देही गरी ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट