भरतपुर, २० असार ।
चितवन घर भएकी टीका शर्मा ‘कोपिला’ले जापानबाट आफ्नो पहिलो तीज गीत ‘माइतीकै हेला’ सार्वजनिक गरेकी छन् । गीतको म्युजिक भिडियो जिएमएस म्युजिक एन्ड फिल्म्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा स्वर एवं शब्द शर्माकै रहेको छ भने संगीत र थेगो गायक सूर्य खड्काले भरेका छन् । म्युजिक भिडियोको छायाङ्कन तथा निर्देशन भने गोविन्द विष्टले गरेका हुन् ।
गीतमा माइतीबाट हेला भएकी चेलीको कथालाई प्रस्तुत गरिएको छ । टीका शर्मा कोपिलाको मुख्य अभिनय रहेको भिडियोमा रूप शर्मा, मुना लम्साल, दर्शना गिरी, प्रतिमा आचार्य, आरति आचार्य र रमा सापकोटाले साथ दिएका छन् ।
बाग्लुङमा जन्मिएर चितवन बसाइँ सरेकी कोपिला हाल रोजगारीका क्रममा जापानको योकोहामा शहरमा छन् । परदेशमा रहे पनि आफ्नो देश र संस्कृतिको मायाले सताउने गरेकाले मौलिक लोक दोहोरी गीत गाउने चाहना बढेको उनले बताइन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :





