मेस्सी चम्किँदा अर्जेन्टिना काेपा अमेरिकाकाे सेमिफाइनलमा

ब्राजिल, २० असार
लियोनल मेसीले फ्रिकिकबाट एक गोल गर्दै अर्को दुई गोलमा सहयोगी भूमिका निभाएपछि अर्जेन्टिनाले कोपा अमेरिकामा आइतबार १० खेलाडीमा सीमित इक्वेडरलाई ३–० हराएको छ । यो जितपछि अर्जेन्टिना प्रतियोगिताको सेमिफाइनल पनि पुगेको छ ।

यस्तै अर्को खेलमा जित निकाल्नै कोलम्बियाले पनि अन्तिम चारको यात्रा तय गरेको छ । मेसीले फ्रिकिकबाट दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे । यसअघि ४० औं मिनेटमा रोडरिगो डे पउल र ८५ औं मिनेटमा लउटारो मार्टिनेजले गोल गरेका थिए ।

दुवै गोलमा मेसीले सटिक पास मिलाएका हुन् । यसअघि कोलम्बियाले टाइब्रेकरमा उरुग्वेलाई ४–२ ले हराएको थियो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगेपछि खेल टाइब्रेकरमा गएको हो । कोलम्बियाका तर्फबाट भएका सबै चार प्रहार गोलमा परिणत भएका थिए ।

उरुग्वेका चारमध्ये दुई प्रहार मात्र गोलमा परिणत भएको थियो । अब सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन ब्राजिलले पेरु र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट