सीएमसीमा चितवनका १९ जनामा थप संक्रमण पुष्टि, जिल्लामा संक्रमित १ हजार नाघे

भरतपुर, २१ भदौ चितवनमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज (सीएमसी)को प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै चितवनमा कुल संक्रमित हुनेको संख्या १ हजार नाघेको छ । यहाँ कुल संक्रमितको संख्या १ हजार ५ पुगेको छ । जसमध्ये ८१३ सक्रिय संक्रमित छन् […]

अष्ट्रेलिया विरुद्धको टिट्वान्टी शृंखलामा इंगल्याण्डको कब्जा

भरतपुर, २१ भदौ । अष्ट्रेलिया विरुद्धको टिट्वान्टी शृंखलाको दोश्रो खेलमा पनि इंगल्याण्ड विजयी भएको छ । उसले खेलमा ६ विकेटको जीत हात पारेको हो । अष्ट्रेलियाले दिएको १५८ रनको सामान्य लक्ष्यलाई इंगल्याण्डले खेल सकिन ७ बल बाँकी छँदै भैट्टायो । उसलाई जीतसम्म डो¥याउन दाँया हाते ओपनर ब्याट्सम्यान जोश बटलर नायक साबित बने । उनले ५४ […]

रुसी खोपको प्रारम्भिक विवरण सार्वजनिक

मस्को । नयाँ कोरोना भाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण शुक्रबार प्रकाशन गरेको छ । रुसी वैज्ञानिकहरुले `स्पुटनिक भी´ नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका हुन् ।  रुस सरकारले यो खोपलाई गत अगष्ट ११ मै स्वीकृति दिइसकेको छ । नयाँ खोपसम्बन्धी विवरण सार्वजनिक भएलगत्तै उक्त खोपका बारेमा विज्ञहरुले विभिन्न […]

मल नल्याउने कम्पनीको धरौटी जफत, थप कारबाही होला ?

काठमाडौँ, २१ भदौ समयमा रसायनिक मल खरिद नगर्ने दुई सप्लायर्सलाई कृषि सामग्री कम्पनीले कारवाही गरेको छ । कम्पनीले ललितपुरमा रहेको शैलुङ इन्टरप्राइजेज प्रालि र काठमाडौँको होनिको मल्टिपल प्रालिको ठेक्का सम्झौता रद्द र धरौटी जफत गरेको हो । दुवै कम्पनीलाई भदौ २० गतेभित्र सम्झौता गरिए बमोजिम रसायनिक मल खरिद गर्न दिईएको अनुमतिअनुसार मल नल्याएपछि आज कारवाही […]

देवचुलीमा सोध्न थालियो, तपाईंको मास्क खोई ?

देवचुली, २१ भदौ । समुदायस्तरमा कोरोना फैलिन थालेपछि यसको नियन्त्रण गर्न भन्दै देवचुली नगर क्षेत्रमा सचेतना अभियान सुरु गरिएको छ । परिवर्तनका लागी युवा नेपाल र प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ताको सहकार्यमा सचेतना ब्यानर देवचुलीका विभिन्न स्थानमा राखिएको छ । मास्क नलगाइकन भीडभाडमा प्रवेश गर्दा कोरोनाको जोखिम रहेकाले `तपाईको मास्क खोई ?´ भनाई सहित `मास्क […]

कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्नेबारे सरकार र निजी विद्यालयबीच जुहारी

काठमाडौं- , २१ भदौ । कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने विषयमा निजी विद्यालय र सरकारबीच जुहारी चलेको छ ।  निजी विद्यालयहरूको छाता संगठन हिसानले पुरानै पाठ्यक्रम अनुसार कक्षा ११ को पढाइ सञ्चालन गर्ने अड्डी कसेको मात्र होइन, केही विद्यालयले भर्ना लिएर अनलाइनबाट कक्षा संचालन गर्न समेत थालेका छन् भने सरकार भने यसै वर्षदेखि नै नयाँ […]

अस्पतालबाट नर्स आमाको चिट्ठी छोराछोरीलाई

प्यारा छोराछोरी तिमीहरूलाई धरै माया अनि धेरै सम्झना । हामी घर नआएको पनि धेरै भयो । तिमीहरू कत्ति आत्तिएका हौला, हामीलाई देख्नका लागि तड्पिएका हौला । आमाको काखको न्यानो आलीङ्गन पर्खेर बसेका हौला । यी सबै कुरा हामी आमा हुनुको नाताले तिमीहरूका सारा रहर अनि दुखाइहरु हृदयदेखि नै राम्रोसँग अनुभूत गर्न सक्छौँ । हामीलाई यो […]

इण्डियन प्रिमियर लिग (आइपिएल)को खेल तालिका सार्वजनिक

भरतपुर, २१ भदौ । तेह्रौं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल)को खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेटको सर्वाेच्च निकाय भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । उसले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता १९ सेम्टेम्बरदेखि सुरु हुने भएको हो । अन्य वर्ष मार्च–अप्रिल महिनामा सञ्चालन हुने प्रतियोगिता यस पटक भने […]

आइसीयु र भेन्टिलेटरमा २०१ जना कोरोना संक्रमितको उपचार हुँदै

भरतपुर, २१ भदौ देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसीयुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर २ सय १ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयु र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांक अनुसार २७ जना भेन्टिलेटरमा र १७४ जना संक्रमित आइसीयुमा उपचाररत छन् । आइसीयुमा […]

कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो परीक्षण

बेइजिङ, १७ भदाै चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो । कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका […]

२४ घण्टामा १८१४ जना संक्रमणमुक्त

भरतपुर, २१ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । थपिएका संक्रमितमध्ये २९० जना महिला हुन् भने ६९० जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै […]

कोरोना संक्रमितको संख्या ४६ हजार नाघ्यो

भरतपुर, २१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ८ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ […]

जानाैं कस्ता मास्क कसरी लगाउने

भरतपुर, २१ भदाै । “कार्टुनलगायतका उनीहरुलई रमाइलो लाग्ने चित्रहरु मास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन्” जनस्वास्थ्य विशेषज्ञ डा.रबिन्द्र पाण्डेले भन्नुभयो, “किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ ।” विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि मास्कको प्रयोग बढाउन व्यक्तिको उमेर, पेशा र रुचिअनुसारको मास्कको उत्पादनले सहयोग गर्ने डा. पाण्डेले […]

रत्ननगरका स्थानीयले दिए कोरोना संक्रमितलाई पौष्टिक आहार

रत्ननगर, २१ भदौ चितवनको रत्ननगर–५, टरौलीमा रहेको आईसोलेसन सेन्टरका कोरोना संक्रमितहरुलाई स्थानीयले पौष्टिक आहार र स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । स्थानीय स्तरमा गठन गरिएको विषेश विपद व्यवस्थापन राहत कोषले त्यहाँ रहेका संक्रमितहरुलाई मह,अण्डा,विस्कुट,चाउचाउ,माक्स,सेनिटाईजर प्रदान गरेको हो । कोषका संयोजक समेत रहेका रत्ननगर–५ का वडाध्यक्ष कृष्ण महतोसहित कोषका पदाधिकारीहरु आईसोलेसन सेन्टरमै पुगी सो सामाग्री खैरहनीका […]

कोरोना जितेका डा. सुनिलमणि भन्छन् : सकारात्मक सोच र दह्रो आत्मबल नै कोरोनाको औषधि (अन्तरवार्तासहित)

भरतपुर, २१ भदौ विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण कसलाई कतिखेर हुन्छ थाहा हुँदैन । अहिलेसम्म पनि के–के गर्दा यसको संक्रमण हुने हो र के गर्दा बचिने हो भन्ने एकिनसाथ कसैले भन्न सकेको छैन । तर, अनुभव र भोगाइका आधारमा यसबाट बच्नका लागि अपनाउन सकिने सावधानीका केही उपायहरु विज्ञहरुले बताइरहेका छन् । तुलनात्मकरुपमा समूहमा काम गर्नुपर्ने, […]

खैरहनीमा नियमित काम सुरु, जोरबिजोर प्रणाली कायमै

खैरहनी, २१ भदौ । जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै खैरहनी नगरपालिका र वडा कार्यालयमा नियमित सेवा प्रवाह सुरु भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञाका कारण स्वास्थ्य, सरसफाइबाहेक अन्य काम रोकिएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा केही खुकुलो बनाए पछि आइतबार आज देखि नियमित काम सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकीय […]

चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु

भरतपुर, २१ भदौ चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालकाअनुसार भरतपुर–१५ का ७० वर्षीय वृद्धको उपचारको क्रममा आइतबार विहान मृत्यु भएको हो । भदौ १२ गते छातीमा समस्या भएर अस्पताल भर्ना भएका वृद्धमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै उनलाई आइसीयूमा भेन्टिलेटरको सहयोगमा […]

देवचुली झरनामा रमाउँदै स्थानीय, पर्यटकीय गन्तव्य बनाउने तयारी

देवचुली, २१ भदौ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका -५ स्थित ‘देवचुली झरना’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । प्राकृतिक सौन्दर्यका साथै झरना अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या दिनहुँजसो बढ्दै गएको छ । वर्षौंदेखि ओझेलमा परेको झरना अहिले आएर चर्चामा आएको हो । नारायणघाट बुटवल सडक खण्ड शाश्वत धाम नजिकै केउरानी चोकबाट करीब ५ […]

चितवनमा थप ३४ जनामा कोरोना संक्रमण

भरतपुर, २१ भदौ चितवनमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाबाट शनिबार राति प्राप्त भएको रिपोर्टमा चितवनका ३० र अन्य विभिन्न जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । संक्रमितहरु १० वर्ष देखि ६६ वर्षसम्मका छन् । १० वर्षका एक बालक र […]