सीएमसीमा चितवनका १९ जनामा थप संक्रमण पुष्टि, जिल्लामा संक्रमित १ हजार नाघे

भरतपुर, २१ भदौ
चितवनमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज (सीएमसी)को प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै चितवनमा कुल संक्रमित हुनेको संख्या १ हजार नाघेको छ । यहाँ कुल संक्रमितको संख्या १ हजार ५ पुगेको छ । जसमध्ये ८१३ सक्रिय संक्रमित छन् ।

१ सय ८० जना भने निको भएर घर फर्किएका छन् ।

सीएमसी प्रयोगशालामा आज पुष्टि भएकामध्ये भरतपुरका ११ जना छन् । रत्ननगरका ५ र खैरहनीका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।

त्यस्तै मकवानपुरका ८ जना, तनहुँका २ जना र नवलपुरका १ जनामा पनि कोरोना पुष्टि भएको सीएमसीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट