चितवनमा थप ३४ जनामा कोरोना संक्रमण

भरतपुर, २१ भदौ
चितवनमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाबाट शनिबार राति प्राप्त भएको रिपोर्टमा चितवनका ३० र अन्य विभिन्न जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
संक्रमितहरु १० वर्ष देखि ६६ वर्षसम्मका छन् । १० वर्षका एक बालक र एक बालिकामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु सबैको स्वाब भरतपुर अस्पतालको स्वाब संकलन केन्द्रबाट संकलन गरिएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै २९ जना रहेका छन् ।

यस्तै पूर्वी चितवनको राप्ती नगरपालिका–२ का ३४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी पूर्वको कावासोती नगरपालिकाका २ महिला र बुलिङटार गाउँपालिकाका ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१० का ३० वर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालामा शनिबार राति कुल १३४ वटा नमुना परीक्षण गरिएको थियो ।

चितवनमा कोरोना संक्रमितको संख्या ९८७ पुगेको छ । अहिलेसम्ममा कोरोना संक्रमण भएका ११ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट