भरतपुर, २१ भदौ
देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसीयुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर २ सय १ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयु र भेन्टिलेटरमा उपचाररत छन् ।
मन्त्रालयको तथ्यांक अनुसार २७ जना भेन्टिलेटरमा र १७४ जना संक्रमित आइसीयुमा उपचाररत छन् ।
आइसीयुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०९ जना आइसीयु र २१ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै प्रदेश १ मा ९ जना आइसीयु र ३ जना भेन्टिलेटरमा रहेका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा २८, प्रदेश ५ मा २० आइसीयु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ३ जना संक्रमित आइसीयुमा उपचाररत रहेका छन् ।





