कोरोना संक्रमितको संख्या ४६ हजार नाघ्यो

भरतपुर, २१ भदौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ८ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१  पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ पीसीआर परीक्षण गरिएको छ । हालसम्म ७ लाख ६८ हजार ३४५ पीसीआर परीक्षण भएको छ ।  देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । हाल क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन् ।

यस्तै काठमाडौँ उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा २९० जना, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट