चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु

भरतपुर, २१ भदौ
चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालकाअनुसार भरतपुर–१५ का ७० वर्षीय वृद्धको उपचारको क्रममा आइतबार विहान मृत्यु भएको हो ।

भदौ १२ गते छातीमा समस्या भएर अस्पताल भर्ना भएका वृद्धमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै उनलाई आइसीयूमा भेन्टिलेटरको सहयोगमा उपचार गराइएको थियो । चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासका बावजुत ‘एक्यूट रेस्पिरेटरी फेलियर’ भई विहान ८ बजे मृत्यु भएको डा.लम्सालले बताए ।

यससँगै अहिलेसम्म कोरोना संक्रमणबाट चितवनका १२ जनाको मृत्यु भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट