प्रचण्ड किन भए गदगद ?

विनोदबाबु रिजाल चितवन, १७ मंसिर । एकमात्र पुत्र गुमाएपछि पीडामा छटपटिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो चुनावी क्षेत्र चितवन–३ को टाउको दुखाई बनेको माडीमा आइतबार प्रस्तुत भए । माडीमा तेस्रो पटक सार्वजनिक सभामा उपस्थित भएका उनी अरुबेला जस्तो तनाव र अँध्यारो अनुहारमा देखिएनन् । अनुहारले त बताइरहेकै थियो उनी आज एकदम खुसी […]

ओली र प्रचण्डले अँगालो हालेर भने, “देशको जिम्मा हामी लिन्छौं”

विनोदबाबु रिजाल माडी (चितवन), १७ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा प्रचारप्रसारको समय सकिनुअघि वाम गठबन्धनका नेताद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको माडीमा संयुक्त चुनावी सभा गरेका छन् । निर्वाचनका लागि सोमबार १८ गते राति १२ बजेबाट मौनअवधि सुरु हुँदैछ । त्यसपछि प्रचारका सबै गतिविधिमाथि प्रतिबन्ध लाग्ने […]

वाम गठन्धन विरुद्धको प्रचार पानीको फोका जस्तै – मन्त्री शर्मा

१७ मंसिर / नेकपा ९माओवादी केन्द्र०का नेता तथा विनाविभागीय मन्त्री जनार्दन शर्माले नेपाली राजनीतिमा युवाको सहज प्रवेश गराउने लक्ष्यका साथ वामगठबन्धनले युवा उम्मेदवारलाई काठमाडौँको प्रतिनिधिसभा क्षेत्र नं १ मा उम्मेदवार बनाएको बताउनुभएको छ । वाम गठन्धन निर्वाचन क्षेत्र नं १ को निर्वाचन परिचालन समितिले बानेश्वरमा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले राजनीति, नीति र […]

वडा अध्यक्ष शमशेर लामा सम्मानित

१७ मङ्सिर ,चितवन । पुर्बि चितवनकाे राप्ती नगर पालिका वडा न ४ मा शिबपुरि तेक्वान्दाे डाेजाङमा तेक्वान्दो का पुर्व खेलाडि तथ हाल राप्ति नगर पालिका वडा न. ४ काे निर्वाचित वडा अध्यक्ष शमशेर लामालाइ नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति चितवन शिवपुरि तेक्वान्दो डाेजाङले सम्मान गरेकाे छ ।अाजै डाेजाङका ६० जना खेलाडिहरुकाे ग्रेडिङ ,बेल्ट टेस्ट […]

कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् ः ओली

चितवन, १७ मंसिर / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् भन्ने प्रमाणित गर्न वाम गठबन्धन गरिएको बताउनुभएको छ । जिल्लाको माडीमा आज संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले देश बनाउने संकल्प गरेको बताउनुभयो […]

राप्रपा नेता लामाले दाहालको पक्षमा भोट मागेपछि ….

चितवन,१७ मंसिर । राप्रपा प्रजातान्त्रिकका महामन्त्री रेशम लामाले  पुषपकमल दाहालका लागि भोट मागेका छन्। चितवन ३ बाट वाम गठवन्धनका संयुक्त उम्मेदवार पुष्पकमल दाहाल र राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डे चुनावी मैदानमा उत्रेका छन्। लामा उद्योग राज्यमन्त्री समेत हुन्। माडीमा आज वाम गठवन्धनले संयुक्तरुपमा आयोजना गरेको सभामा बोल्दै लामाले आफ्नै पार्टीका उपाध्यक्ष पाण्डेका विरुद्ध दाहालका पक्षमा […]

वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता ः भट्टराई

चितवन, १७ मंसिर / नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । यहाँ आज आयोजित ‘आसन्न निर्वाचनमा लोकतन्त्रवादी संस्थाको भूमिका’ विषयक कार्यक्रममा उहाँले लोकतन्त्रवादी नवउदारवादको सट्टा सामाजिकहितको पक्षबाट लोकतान्त्रिकरण गरेर जानुपर्ने बताउनुभयो । उहाँले माक्सले परिभाषित गरेको समाजवाद अहिले लागू हुन नसक्ने बताउँदै समाजवादी प्रजातन्त्र अहिलेको […]

बाँदरमुढे घटनाका पिडित र नेकपा माओवादी केन्द्र बिच ३ बुदे सहमती

बिनोदबाबु रिजाल १७ मंसिर । बाँदरमुढे घटनाका पिडित र नेकपा माओवादी केन्द्र बिच ३ बुदे सहमती भयको छ । आज माडिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र बाँदरमुढे घटनाका तर्फबाट ५ जनाले तीन बुदे सहमतिमा हस्ताक्षर गरे । जसमा घटनामा ज्यान गुमायको परिवारलाई रोजगारिको ब्यवस्था गर्ने , घाइतेहरुको औषधी उपचार गर्ने तथा रोजगारिको ब्यवस्था […]

गौचन हत्याकाण्डका मुख्य आरोपी बस्नेत पक्राउ

१७ मंसिर ।   निर्माण व्यवसायी शरदकुमार गौचन हत्याकाण्डका मुख्य आरोपी भनिएका समिरमान सिंह बस्नेत पक्राउ परेका छन् ।बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको बैंलोरबाट पक्राउ गरेको हो ।प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार मुख्य अभियुक्त समिरमान सिंह बस्नेत रहेको दाबी गरिएको थियो । बस्नेत समातिए पनि गौचन हत्याका अन्य आरोपीहरु मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिङ्देन […]

सुगम पोखरेललाई राजनले फकाए

भरतपुर, १७ मंसीर । चर्चित पप गायक सुगम पोखरेल प्रेमीकाको सम्झनामा तड्पीएका छन् । सुरिलो स्वरका धनि पोखरेल प्रेमिकासँगै हाँस्दा, बोल्दा र हिँड्दाका क्षण सम्झन थालेका छन् । उनले प्रेमिकाको मिल्ने साथीलाई समेत भेट्न छाडेका छन् ।   उनलाई संगितकार राजन तिमिल्सिनाले पहिलो पटक साथ दिएका छन् । गीतकार केशव शर्मा बोल्वासेको शब्दमा तयार भएको […]

भरतपुर महानगरपालिकाको ५ न. वडा कार्यालयमा बम विस्फोट

मंसिर १७,चितवन । चितवनको भरतपुर महानगरपालिकाको पाँच नम्बर वडा कार्यालयमा बम विस्फोट भएको छ । बम विस्फोटबाट वडा कार्यालय र त्यससँगै रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार बिहानपख दुई बजे गि्रनेट विस्फोट भएको थियो । मंसिर २१ गते हुन लागेको चुनावको मतदानको केन्द्र यही […]

चितवन-१: दुवै भन्छन्: ‘सजिलै जित्छु’ (अन्तरवार्ता)

चितवनको चुनावको चर्चा देशव्यापी छ । मुख्य चर्चा चितवन–३ मा भएपनि चितवन–१ को चर्चा पनि कम छैन । यस क्षेत्रमा अर्थमन्त्री भइसकेका नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे र यस क्षेत्रका लोकप्रिय कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीबीच तीव्र प्रतिस्पर्धा छ । २०७० सालको संविधानसभा अर्को निर्वाचनमा भिडेका यी दुई नेता यसपालि पनि मैदानमा छन् । तर, परिस्थिति […]

बैंक कर्मचारी दीपिकाबाट पाँच करोड ठगी: यसरी पत्ता लाग्यो

मंसिर १७, कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन् । विद्युतीय चेक क्लियरेन्स (इसिसी) गर्दा दोहोरो इन्ट्री गराई बैंकको करिब ४ करोड ९१ लाख आफ्नो र आफन्तको खातामा सारी ठगी गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १३ मंसिरमा पक्राउ गरेको हो […]

ओली र दाहाल आज माडीमा

माडी,१७ मंसिर । संयुक्त वाम लोकतान्त्रिक गठबन्धनले आज आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न ओली र दाहाल माडी आउने भएका छन् । संयुक्त वाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन कमिटी माडीको आयोजनामा हुने सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल […]

आर्थिक विकासमा अध्ययनसहितको योजना ​

धु्रवराज खनाल,कायाकैरन रत्ननगर,१७ मंसिर । पूर्व अर्थमन्त्री एवं प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर १ का उम्मेदवार सुरेन्द्र पाण्डेले मुलुकमा आर्थिक विकासका लागि नयाँ ढंगबाट अध्ययन गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय वाणिज्य संघ रत्ननगर र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरले शनिबार संयुक्तरुपमा आयोजना गरेको ‘रत्ननगरको आर्थिक विकासमा उम्मेदवारको प्रतिबद्धता’ विषयक अन्तरक्रिया कार्यक्रममा […]

चितवनमा आचारसंहिता उल्लंघन कम छः आयोग

विप्लव काफ्ले/कायाकैरन भरतपुर,१७ मंसिर । चुनावी प्रचारप्रसारका लागि दलहरुले सार्वजनिकस्थलमा पार्टीको झण्डा, तुल टाँगेका दृश्य प्रशस्तै देखिन्छन् । घरदैलो अभियानका क्रममा ठूल्ठूला स्पीकर घन्काउँदै चुनावी अभियान भएको पाइन्छ । तर, निर्वाचन आयोगले चितवनमा आचारसंहिता उल्लंघन धेरै कम भएको निष्र्कष निकालेको छ । शनिबार निर्वाचन आयोगका आयोगका आयुक्तसहितको टोलीले स्थानीय अधिकारी, निर्वाचन अधिकारी, सुरक्षा निकायसँग छलफल […]