ओली र दाहाल आज माडीमा

माडी,१७ मंसिर ।

संयुक्त वाम लोकतान्त्रिक गठबन्धनले आज आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न ओली र दाहाल माडी आउने भएका छन् ।
संयुक्त वाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन कमिटी माडीको आयोजनामा हुने सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने युवा परिचालन निर्वाचन क्षेत्र नम्बर ३ सचिवालय सदस्य नारायण पौडेलले जानकारी दिए ।
बसन्तपुरको खुल्लाचौरमा दिउँसो १२ बजे हुने सभामा हास्य कलाकार मनोज गजुरेल, गायक बद्री पंगेनी, चेतन सापकोटालगायतको सहभागिता रहने आयोजक कमिटी संयोजक सुमन शर्मा वरालले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट