वाम गठन्धन विरुद्धको प्रचार पानीको फोका जस्तै – मन्त्री शर्मा

१७ मंसिर / नेकपा ९माओवादी केन्द्र०का नेता तथा विनाविभागीय मन्त्री जनार्दन शर्माले नेपाली राजनीतिमा युवाको सहज प्रवेश गराउने लक्ष्यका साथ वामगठबन्धनले युवा उम्मेदवारलाई काठमाडौँको प्रतिनिधिसभा क्षेत्र नं १ मा उम्मेदवार बनाएको बताउनुभएको छ ।

वाम गठन्धन निर्वाचन क्षेत्र नं १ को निर्वाचन परिचालन समितिले बानेश्वरमा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले राजनीति, नीति र योजनाले चल्ने र त्यसमा युवा नै नेतृत्वमा आएकाले कुनै पनि आशंका नगर्न आग्रह गर्नुभयो ।

काठमाडौँ उपत्यकालाई पहिलो पटक विद्युत्भार कटौतीमुक्त गर्दा धेरैले अनौठो मानेको भए पनि मुलुकभर नै अभियानात्मक रुपमा अभियान चलाएर सफलता हासिल गरेजस्तै वाम गठबन्धनले देशव्यापी रुपमा विकासको लहर ल्याउने उहाँको कथन थियो ।

युवालाई स्वदेशभित्रै रोजगारी, आर्थिक समृद्धिको योजनाबद्ध अभियान र राजनीतिक स्थायित्वसहितको सरकार गठनको कार्यसूचीका साथ आफूहरु निर्वाचनको मैदानमा खडा भएको नेता शर्माको भनाइ छ ।

विनाविभागीय मन्त्रीसमेत रहनुभएका शर्माले वाम गठन्धनको विरुद्ध गरिएका अराजनीतिक प्रचार मंसिर २१ गतेपछि पानीको फोका जसरी हराएर जाने धारणा राख्नुभयो ।

काठमाडौँ उपत्यकालाई स्वच्छ, हरियाली र सुन्दर बनाउने योजना वाम गठन्धनसँग मात्रै रहेको भन्दै उहाँले विगतमा गर्न नसक्ने अहिले आएर हामी गरिहाल्छौ नि भनेर विपक्षीले गरेको प्रचारमा कुनै सत्यता नभएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सो क्षेत्रका उम्मेदवार अनिल शर्माले कार्यक्रम, योजना र नीतिका हिसाबले वाम गठबन्धन विजयी भइसकेको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा प्रदेशसभाका उम्मेदवारद्वय गणेशप्रसाद दुलाल र विष्णुकुमारी भुसालले राजनीतिक परिवर्तनलाई स्थायित्व प्रदान गर्न पनि वाम गठबन्धनका उम्मेदवार विजयी हुनुपर्नेमा जोड दिनुभएको थियो ।
–––

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट