भरतपुर, १७ मंसीर ।
चर्चित पप गायक सुगम पोखरेल प्रेमीकाको सम्झनामा तड्पीएका छन् । सुरिलो स्वरका धनि पोखरेल प्रेमिकासँगै हाँस्दा, बोल्दा र हिँड्दाका क्षण सम्झन थालेका छन् । उनले प्रेमिकाको मिल्ने साथीलाई समेत भेट्न छाडेका छन् ।

उनलाई संगितकार राजन तिमिल्सिनाले पहिलो पटक साथ दिएका छन् । गीतकार केशव शर्मा बोल्वासेको शब्दमा तयार भएको ‘तिमि हिँड्ने’ बोलको गीतको सहारामा गायक पोखरेल विगत भूल्ने प्रयासमा लागेका छन् । सो गीतमा संगितकार राजनले सुमधुर संगित भरेका छन् । चर्चित अभिनेत्री आँचल शर्माले आकाश र भुवनलाई प्रेमको परिभाषा सिकाउने प्रयास गरेकी छन् ।

सुगम पोखरेलको नयाँ म्युजिक भिडीयो सार्वजनिक भएको छ । म्युजिक भिडीयोमा त्रिकोणात्मक प्रेम कथालाई देखाउन खोजिएको छ । गायक पोखरेल यो गित बजारमा आएसँगै खुसी बन्न थालेका छन् । सानी नानी, यो सम्बन्ध, कसरी बुझाउँ यो मन जस्ता चर्चित गितमा संगित दिइसकेका तिमिल्सिनाले गायक पोखरेललाई साथ दिन थालेका छन् । तिमिल्सिनाले झण्डै २५ वटा गितमा आँफै संगित र स्वर दिइसकेका छन् । उनले ३ वटा चलचित्रका गितमा समेत संगित भरिसकेका छन् ।
म्युजिक भिडियो





