राप्रपा नेता लामाले दाहालको पक्षमा भोट मागेपछि ….

चितवन,१७ मंसिर ।

राप्रपा प्रजातान्त्रिकका महामन्त्री रेशम लामाले  पुषपकमल दाहालका लागि भोट मागेका छन्। चितवन ३ बाट वाम गठवन्धनका संयुक्त उम्मेदवार पुष्पकमल दाहाल र राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डे चुनावी मैदानमा उत्रेका छन्। लामा उद्योग राज्यमन्त्री समेत हुन्। माडीमा आज वाम गठवन्धनले संयुक्तरुपमा आयोजना गरेको सभामा बोल्दै लामाले आफ्नै पार्टीका उपाध्यक्ष पाण्डेका विरुद्ध दाहालका पक्षमा भोट मागेका हुन्। लामाले राष्ट्रियताको लागि वाम गठवन्धन भन्दा अर्को विकल्प नभएकोले दाहाललाई मत दिन आग्रह गरे।

‘अध्यक्ष दाहालको पक्षमा यहाँ आएर भोट मागेको छु,’ उनले भने, ‘यहाँबाट निस्कँदा मन्त्री पद रहन पनि सक्छ नरहन पनि सक्छु तर म राष्ट्रियतको पक्षमा छु।’ लामा निर्माण व्यवसायी समेत हुन्।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट