काठमाडौँबाट बाहिरिने लामो दूरीका बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं, ९ जेठ ।

काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक बसमा यात्रुको सामानको सुरक्षालाई लक्षित गर्दै ‘लगेज ट्याग’ प्रणाली लागू गरिने भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच भएको सम्झौताअनुसार आगामी जेठ १५ गतेदेखि उक्त प्रणाली कार्यान्वयनमा ल्याइनेछ ।

नयाँ व्यवस्थाअनुसार यात्रुको झोलामा विशेष ट्याग नम्बर राखिनेछ र सोही नम्बर मिलाएर मात्र गन्तव्यमा सामान बुझाइनेछ । यसबाट झोला हराउने, साटिने तथा चोरी हुने जस्ता समस्या नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट