नेपाल–डेनमार्क साझेदारी परियोजना चितवनमा सम्पन्न

चितवन, ९ जेठ ।
नेपाल स्काउट्स र डेनिस स्काउट्स (KFUM-Spejderne i Danmark) को संयुक्त आयोजनामा तथा वाल्मीकि शिक्षा सदनको सहयोगमा सञ्चालन गरिएको नेपाल–डेनमार्क साझेदारी परियोजना सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उद्देश्य नेतृत्व विकास, सांस्कृतिक आदानप्रदान तथा युवाहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउनु रहेको थियो ।

कार्यक्रममा चितवनका १६ वटा विद्यालयका १२० जना विद्यार्थी तथा स्काउट सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। परियोजनाले सांस्कृतिक सिकाइलाई प्रवर्द्धन गर्ने, युवाहरूलाई नेतृत्व तथा निर्णय प्रक्रियामा सक्रिय बनाउने तथा चितवनमा स्काउटिङ अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको थियो।
कार्यक्रममा प्रमोद सुवेदी, जमुना काफ्ले, गोविन्द पराजुली तथा उप–प्रधानाध्यापक प्रकाश सुवेदीको विशेष उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले यस्ता अन्तर्राष्ट्रिय सहकार्यका कार्यक्रमले युवा विकास तथा शिक्षाको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन खेम पहारी (ECA Head) ले गर्नुभएको थियो भने व्यवस्थापनमा अभिषेक खत्री क्षेत्रीले सहयोग गर्नुभएको थियो ।

कार्यक्रमका क्रममा सहभागीहरूले नेतृत्व विकाससँग सम्बन्धित विभिन्न गतिविधि, छलफल तथा सहकार्यात्मक सिकाइ सत्रमा सहभागिता जनाएका थिए। ती गतिविधिले टोली भावना, जिम्मेवारीबोध तथा नेपाल–डेनमार्कबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार नेपाल–डेनमार्क साझेदारी परियोजना युवाको सशक्तीकरण, नेतृत्व विकास तथा विद्यालयहरूबीच सहकार्य विस्तार गर्ने महत्वपूर्ण पहलका रूपमा सफल भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library