जेहेन्दार विद्यार्थीको सहारामा पुष्पाञ्जली : चार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

भरतपुर, ८ जेठ ।
नारायणगढस्थित पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भरतपुरका दुई सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।

सहकारीले भरतपुर–१ स्थित बालकुमारी माध्यमिक विद्यालय र भरतपुर–७ स्थित प्रेमवस्ती माध्यमिक विद्यालयमा अध्ययनरत चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । पुष्पाञ्जलीले हरेक वर्ष सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत छात्रवृत्ति वितरण गर्दै आएको जनाएको छ ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीमा बालकुमारी माध्यमिक विद्यालयका प्रवीनबहादुर बोहरा र दीपा सुनार तथा प्रेमवस्ती माध्यमिक विद्यालयका विनिशा अधिकारी र रिमा चेपाङ रहेका छन् ।

यो पूर्ण छात्रवृत्ति कार्यक्रमअन्तर्गत विद्यार्थीको अध्ययन खर्च, विद्यालय पोसाक, झोला, कापी–किताब तथा अन्य आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइने व्यवस्था रहेको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक रूपमा आवश्यकतामा रहेका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको पुष्पाञ्जलीका व्यवस्थापक सोहन अधिकारीले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट