‘सहकारीमा सुशासन, आजको आवश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कावासोती, ८ जेठ । कावासोतीस्थित नवज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘सहकारीमा सुशासन, आजको आवश्यकता’ शीर्षकमा आयोजित प्रतियोगितामा विभिन्न १५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले सहकारी क्षेत्रको सुशासन, पारदर्शिता, उत्तरदायित्व र वर्तमान समयमा सहकारीको भूमिकाबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए […]
जेहेन्दार विद्यार्थीको सहारामा पुष्पाञ्जली : चार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

भरतपुर, ८ जेठ । नारायणगढस्थित पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भरतपुरका दुई सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । सहकारीले भरतपुर–१ स्थित बालकुमारी माध्यमिक विद्यालय र भरतपुर–७ स्थित प्रेमवस्ती माध्यमिक विद्यालयमा अध्ययनरत चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । पुष्पाञ्जलीले हरेक वर्ष सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत छात्रवृत्ति वितरण […]
बजेटअघि नेकपाको ४९ बुँदे दबाब : बागमती सरकारलाई सुशासनदेखि निःशुल्क पानीसम्मका सुझाव

मकवानपुर, ८ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बागमती प्रदेश सरकारलाई आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटका लागि ४९ बुँदे सुझाव पत्र बुझाएको छ । सङ्घीयताको सुदृढीकरण, जनमुखी सेवा प्रवाह, सुशासन र पूर्वाधार विकासलाई केन्द्रमा राख्दै नेकपा बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सुझाव प्रस्तुत गरेको हो । दलका नेता […]
नारायणगढ – बुटवल सडक विस्तार करिब सम्पन्न, यात्रामा ऐतिहासिक सहजता

भरतपुर, ८ जेठ । लामो समयदेखि निर्माणाधीन तथा यात्रुहरूले निकै प्रतीक्षा गरेको नारायणगढ – बुटवल सडक विस्तार आयोजना अब अन्तिम चरणमा पुगेको छ। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गतको यो अत्यन्त महत्वपूर्ण सडक खण्डको करिब ९२ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ, जसले पश्चिम नेपालका यात्रु तथा व्यवसायिक क्षेत्रलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ । ११४ किलोमिटर […]
बुद्ध एयरको भरतपुर–पोखरा उडान बन्द

भरतपुर, ८ जेठ । चितवनको भरतपुर र कास्कीको पोखराबीच हुँदै आएको हवाई सेवा बन्द भएको छ । बुद्ध एयरले विगत एक महिनादेखि भरतपुर–पोखरा उडान रोकेको जनाएको छ । बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार पोखरा र भरतपुरबीच यात्रा गर्ने यात्रुको संख्या अत्यन्त न्यून हुनु, हवाई भाडा बढ्नु तथा पोखरा–मुग्लिङ सडकखण्ड सुधारिएपछि सडक यात्रा […]