बाँदरमुढे घटनाका पिडित र नेकपा माओवादी केन्द्र बिच ३ बुदे सहमती

बिनोदबाबु रिजाल

१७ मंसिर ।

बाँदरमुढे घटनाका पिडित र नेकपा माओवादी केन्द्र बिच ३ बुदे सहमती भयको छ । आज माडिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र बाँदरमुढे घटनाका तर्फबाट ५ जनाले तीन बुदे सहमतिमा हस्ताक्षर गरे । जसमा घटनामा ज्यान गुमायको परिवारलाई रोजगारिको ब्यवस्था गर्ने , घाइतेहरुको औषधी उपचार गर्ने तथा रोजगारिको ब्यवस्था गर्ने र घटनास्थल बाँदरमुढेमा दश बिघा क्षेत्रमा स्मारक सग्रालय र चिडिया घर निर्माण गर्ने उल्लेख छ ।

घटना पिडितको तर्फबाट हस्ताक्षर कर्ता बिकाश लामिछानेले पटक पटक आस्वाशन पायपनी बास्तबिक राहतका लागी काम नभयको तर यसपाली भने प्रचण्डबाट सहमती कार्यन्वयनको अपेक्षा गरेको बताय । सहमती कार्यन्वयनकोलागी माओवादी केन्द्रबाट ३ जना , पिडितको तर्फबाट ३ जना र माडी नगरपालिकाको तर्फबाट १ जना सम्मिलित समिती बनाइने सहमती समेत भयको लामिछानेले बताय ।

चुनाबी सभाकालागी माडी पुगेका प्रचण्डलाई बाँदरमुढे घटनाका पिडितले पुष्पगुच्छाले स्वागत गरेका थिय ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट