गौचन हत्याकाण्डका मुख्य आरोपी बस्नेत पक्राउ

१७ मंसिर ।   निर्माण व्यवसायी शरदकुमार गौचन हत्याकाण्डका मुख्य आरोपी भनिएका समिरमान सिंह बस्नेत पक्राउ परेका छन् ।बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको बैंलोरबाट पक्राउ गरेको हो ।प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार मुख्य अभियुक्त समिरमान सिंह बस्नेत रहेको दाबी गरिएको थियो ।

बस्नेत समातिए पनि गौचन हत्याका अन्य आरोपीहरु मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिङ्देन (लिम्बु), श्याम बहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा भने फरार रहेका छन् । विभिन्न अपराधिक घटनामा संलग्न भएको अभियोग लागेका समिरमान सिंह बस्नेत भारतमा लुकेर बसेका थिए ।

प्रहरीका अनुसार सिआईबीका डिआईजी पुष्कर काकीले खटाएको एक प्रहरी टोलीले उनलाई बैंलोरबाट पक्राउ गरेर नेपाल ल्याएको हो । सो टोली २ महिनादेखि भारतमा रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट