निर्माण सामग्रीको मूल्यवृद्धिविरुद्ध भरतपुरमा निर्माण व्यवसायीको धर्ना

भरतपुर, २ जेठ । निर्माण सामग्रीको निरन्तर बढ्दो मूल्य नियन्त्रण तथा त्यसबाट सिर्जित समस्या समाधानको माग गर्दै भरतपुरमा निर्माण व्यवसायीहरूले विभिन्न सरकारी कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् । निर्माण व्यवसायी संघ चितवनको नेतृत्वमा व्यवसायीहरूले पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय र भरतपुर महानगरपालिकाको परिसरमा धर्ना दिएका हुन् । व्यवसायीहरूका अनुसार निर्माण सामग्री र इन्धनको मूल्यमा […]
अनाथ निरुताको सपनामा लायन्स क्लबको साथ, चेपाङ छात्रावासलाई नयाँ भवन

कालिका, २ जेठ । कालिका नगरपालिका–१० मा नवनिर्मित चेपाङ छात्रावास भवन शनिबार एक समारोहबीच हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ नारायणगढको संयोजनमा निर्माण गरिएको भवन लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आर नेपालका गभर्नर नवराज सापकोटा र चितवन एड ट्रस्ट (क्याट) युकेका निवर्तमान अध्यक्ष कृष्ण तिवारीले सिद्धि चेपाङ छात्रावासका संरक्षक भरत चेपाङलाई संयुक्त रूपमा साँचो हस्तान्तरण […]
सुकुम्बासी विस्थापनप्रति कांग्रेस नेता पण्डितको आक्रोश

चितवन, २ जेठ । नेपाली कांग्रेस चितवनका नेता कृष्ण प्रसाद पण्डित ले वास्तविक भूमिहीन सुकुम्बासीको जिम्मेवारी राज्यले नै लिनुपर्ने बताएका छन् । उनले पूर्वतयारी र वैकल्पिक व्यवस्थापनबिनै भूमिहीन तथा सुकुम्बासीलाई जबर्जस्ती विस्थापन गर्नु मानवीय दृष्टिले स्वीकार्य हुन नसक्ने धारणा राखेका छन् । भरतपुर–४ त्रिचोक निवासी पण्डितले गास, बास र कपास नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख […]
गर्मी छल्न भेडेटारमा भारतीय पर्यटकको बढ्दो आकर्षण

धनकुटा, २ जेठ । धनकुटाको भेडेटारमा गर्मी छल्न आन्तरिकसँगै भारतीय पर्यटकको भीड बढ्न थालेको छ । पछिल्लो समय विशेषगरी भारतीय पर्यटकको आगमन बढेसँगै यहाँको पर्यटन गतिविधि र व्यापारिक चहलपहलमा वृद्धि भएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । समुद्री सतहबाट करिब १ हजार ४ सय मिटर उचाइमा रहेको भेडेटारमा दैनिक सयौं पर्यटक पुग्ने गरेका छन् । […]
इला कम्फर्टको ‘सटर्डे पुल पार्टी’ : मिनी थाइल्याण्डझैँ रंगियो हर्कपुर

गैँडाकोट, २ जेठ । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका –११ हर्कपुर शनिबार साँझ रंगीन र उत्साहपूर्ण माहोलले भरिएको देखियो । होटल इला कम्फर्टको स्विमिङ पुल परिसरमा आयोजित ‘सटर्डे पुल पार्टी’ मा संगीतको ताल, रंगीन प्रकाश र युवाहरूको उत्साहले छुट्टै आकर्षण थपेको थियो । पानीका छालसँगै बजिरहेका आधुनिक धुन, झिलिमिली बत्ती र सहभागीहरूको उल्लासले केही समयका लागि […]
गैँडाकोट इङ्लिस स्कुलको उत्कृष्ट सफलता : ४ जीपीए ल्याएकी छात्रालाई १ लाख रुपैयाँ

गैँडाकोट, २ जेठ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका –२ स्थित जिल्लाकै एकमात्र ‘क’ वर्गको गैँडाकोट इङ्लिस स्कुलले एसइई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको अवसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ । विद्यालय यस वर्षको एसइई परीक्षामा जिल्लाकै प्रथम हुन सफल भएको छ भने ९८.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै उत्कृष्ट उपलब्धि हासिल गरेको हो । […]
दमौलीको चार लेन पुल निर्माण ८४ प्रतिशत सम्पन्न

तनहुँ, २ जेठ । मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत दमौलीमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । व्यास नगरपालिका–४ र ५ लाई जोड्ने मादी नदीमाथिको पुलको आर्थिक प्रगति ८१.२ प्रतिशत पुगेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । तीन सय १५ मिटर लामो र २३ मिटर चौडाइको पुलमा ६ वटा स्पान रहनेछन् । हाल फाउण्डेशन […]
गच्छे–ढिकुरा–डेभा सडकमा कालोपत्रे सुरु, स्थानीयमा आशा बढ्यो

अर्घाखाँची, २ जेठ । गच्छे–भालुवाङ सडकअन्तर्गत गच्छेदेखि ढिकुरा–डेभा खण्डमा आंशिक कालोपत्रे कार्य सुरु हुने तयारी भएको छ । करिब ८ किलोमिटर सडक क्षेत्रमा पिच गर्ने प्रक्रिया अघि बढेसँगै स्थानीयवासीमा सडक सुधारको आशा बढेको छ । यद्यपि सडक स्तरोन्नति कार्यले अपेक्षित गति लिन नसकेको भन्दै स्थानीयले कामलाई तीव्र र गुणस्तरीय रूपमा अगाडि बढाउन माग गरेका छन् […]
चितवनमा प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यबारे जनचेतना फैलाइने

भरतपुर, २ जेठ । प्रोस्टेट क्यान्सर तथा पुरुषहरूको मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले रोयल राईनो राईडर्स मोटरसाइकल क्लब चितवनले ‘द डिस्टिङ्ग्विस्ड जेन्टलम्यान्स राइड २०२६’ आयोजना गर्ने भएको छ । ‘द डिस्टिङ्ग्विस्ड जेन्टलम्यान्स राइड’ अभियान सन् २०१२ मा अष्ट्रेलियाबाट सुरु भएको हो भने चितवनमा यो अभियान सन् २०१५ देखि रोयल राईनो राईडर्स मोटरसाइकल क्लबले सञ्चालन गर्दै […]
नारायणगढ–मुग्लिङ सडकमा ‘लिडार स्पिड गन’ प्रयोग सुरु

चितवन, २ जेठ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले नारायणगढ–मुग्लिङ सडक खण्डमा ‘लिडार स्पिड गन’ प्रयोगमा ल्याएको छ । जोखिमपूर्ण मानिएको रामनगर–जुगेडी जंगल क्षेत्र आसपास ट्राफिक प्रहरीले दैनिक रूपमा सप्राइज चेकजाँच अभियान सञ्चालन गर्दै तीव्र गतिमा सवारी चलाउने चालकहरूलाई नियन्त्रणमा लिन थालेको छ । पहिलो […]
प्रेस स्वतन्त्रताको संरक्षणमा सरकार प्रतिबद्ध, जिम्मेवार पत्रकारितामा जोड

काठमाडौँ, २ जेठ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै मर्यादित, व्यावसायिक र जिम्मेवार पत्रकारिताको आवश्यकतामा जोड दिनुभएको छ । सञ्चारिका समूह नेपालसँग शुक्रबार मन्त्रालयमा भएको भेटघाटका क्रममा उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधार भएकाले यसको संरक्षण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । साथै, स्वतन्त्रताको […]