दमौलीको चार लेन पुल निर्माण ८४ प्रतिशत सम्पन्न

तनहुँ, २ जेठ ।
मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत दमौलीमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । व्यास नगरपालिका–४ र ५ लाई जोड्ने मादी नदीमाथिको पुलको आर्थिक प्रगति ८१.२ प्रतिशत पुगेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

तीन सय १५ मिटर लामो र २३ मिटर चौडाइको पुलमा ६ वटा स्पान रहनेछन् । हाल फाउण्डेशन तथा सुपर स्ट्रक्चरको अधिकांश काम सम्पन्न भइसकेको छ भने आर्क डिजाइन निर्माणको काम भइरहेको छ ।

रु एक अर्ब २१ करोड लागतमा निर्माण भइरहेको उक्त पुल मुलुककै पहिलो मोनोलेथिक स्ट्रक्चर पुल भएको बताइएको छ । २०७९ साउनमा सम्झौता भई सुरु गरिएको पुल निर्माणको म्याद आगामी असार १९ गतेसम्म थपिएको छ । निर्माण कम्पनीले निर्धारित समयभित्रै काम सम्पन्न गर्ने जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट