नारायणगढ–मुग्लिङ सडकमा ‘लिडार स्पिड गन’ प्रयोग सुरु

चितवन, २ जेठ ।
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले नारायणगढ–मुग्लिङ सडक खण्डमा ‘लिडार स्पिड गन’ प्रयोगमा ल्याएको छ ।

जोखिमपूर्ण मानिएको रामनगर–जुगेडी जंगल क्षेत्र आसपास ट्राफिक प्रहरीले दैनिक रूपमा सप्राइज चेकजाँच अभियान सञ्चालन गर्दै तीव्र गतिमा सवारी चलाउने चालकहरूलाई नियन्त्रणमा लिन थालेको छ । पहिलो चरणमा यो आधुनिक प्रविधि चितवनबाटै प्रयोगमा ल्याइएको हो ।

ट्राफिक प्रहरीका अनुसार अधिकांश सडक दुर्घटना तीव्र गतिका कारण हुने निष्कर्षपछि दुर्घटना न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग बढाइएको हो ।

कार्यालय प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार ‘लिडार स्पिड गन’ले करिब एक किलोमिटरसम्मको दूरीबाट सवारी साधनको गति पहिचान गर्न सक्ने क्षमता राख्छ । प्रहरीको विश्वास छ कि यस प्रविधिको प्रयोगले तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्दै सडक सुरक्षामा सकारात्मक प्रभाव पार्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट