ढिँडो पारखीका लागि भरतपुरमा खुल्यो `पाते ढिँडो’

भरतपुर, १७ मंसिर । गैँडाकोट–९, थुम्सीबाट सेवा सुरू गरेको ‘पाते ढिँडो’ को पहिलो शाखाको रुपमा भरतपुरमा संचालित पाते ढिँडो एण्ड बिच रिसोर्ट प्रालिको उद्घाटन आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालले गरेका छन् । होटलको भित्तामा बनाइएको पाते (माइली छोरी) को चित्रलाई छोपिएको पर्दा उघारेर होटलको औपचारिक उद्घाटन गरिएको थियो । भरतपुर–१० […]
सनराइजको वार्षिकोत्सवमा विद्यार्थीको दमदार प्रस्तुति

भरतपुर, १७ मंसिर । भरतपुर–४ मा रहेको सनराइज इङ्ग्लिस स्कुलको ३६औँ वार्षिकोत्सव कार्यक्रम दुई दिनसम्म विद्यार्थीका दमदार प्रस्तुतिसँगै सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल शिवकुमार बगालेले स्वागत मन्तव्य र विद्यालय प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको पहिलो दिन गत बुधबार नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थी र दोस्रो दिन गत बिहीबार कक्षा ६ देखि १२ सम्मका […]
हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

मकवानपुर, १७ मंसिर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुइ जनाको घटना स्थलमानै मृत्यु भएको छ । ट्याक्टर ब्याक गर्ने क्रममा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पानीस्वारा भिरबाट ३ सय मिटर तल खसी दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा […]
बागमती प्रदेशको सर्वदलीय बैठक निष्कर्षविहीन

मकवानपुर, १७ मंसिर । बागमती प्रदेशमा आइतबारकाे लागि बाेलाइएकाे सर्वदलीय बैठक निष्कर्षविहिन सकिएकाे छ । संसदीय सभापति चयनलगायतकाे लगायतका विषयमा छलफल गर्न बाेलाइएकाे प्रदेशको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको हाे । मुख्यमन्त्री जम्कट्टेलको सक्रियतामा प्रदेश सभामुखको सचिवालयले बोलाएको बैठकमा सहमति जुट्ने सम्भावना नदेखिए पछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल नै बैठक कक्षबाट बाहिरिएका थिए । सरकार गैरजिम्मेवार […]
मनहरीमा आंशिक अपाङ्गता भएका १ सय ३४ जनालाई परिचयपत्र र निर्बाह भत्ता

मकवानपुर, १७ मंसिर । मकवानपुरकाे मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका १ सय ३४ जनालाई परिचयपत्र र निर्बाह भत्ता रकम उपलब्ध गराएको छ । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा मनहरी गाउँपालिकामा आयोजित कार्यक्रममा १ सय ३४ जना ग बर्ग (पहेँलो कार्ड ) का अपाङ्गता भएका ब्यक्तिलाई रकम प्रदान गरिएको हो । उनीहरुलाई प्रतिब्यक्ति ५ हजार […]
आफै चढेको बसले किचेर महिलाको मृत्यु

मकवानपुर, १७ मंसिर । यात्राकाे क्रममा रहेकी एक महिलाकाे आफै चढेको बसले किच्दा मृत्यु भएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–५ कुवामा एक जनाको बस्ने ७० बर्षीया कान्छी माया घलानका आफै चढेकाे बसले किच्दा ज्यान गएकाे हाे । जिल्ला प्रहरी कार्यालय मकवापनुरका अनुसार चखेल – मातातीर्थ सडकखण्डमा अन्तर्गत काठमाडौंबाट चखेलतर्फ आउदै गरेको बा २ […]
पौडेल परिवारले स्थापना गरेको छात्रवृत्ति विद्यार्थीलाई

मकवानपुर, १७ मंसिर । मकवानपुर हेटौंडा ६ का हिमाल पौडेल र भीमसेन पौडेलले आफ्नो बुवा र श्रीमतीको नाममा स्थापना गरेको छात्रवृत्ति शनिबार प्रदान गरिएको छ । हिमालले आफ्नो बुबाको नाममा स्थापना गरेको छात्रवृत्ति ११ कक्षामा अध्ययनरत २ जना छात्रालाई र भीमसेनले स्वर्गीय श्रीमतीको नाममा स्थापना गरेको छात्रवृत्ति विद्यालयमा अध्ययनरत १ जना छात्र र २ जना […]
जयश्री सामुदायिक वनको अध्यक्षमा कुमाल विजयी

गैंडाकोट, १७ मंसिर । जयश्री सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ३, ४,५ र ८ को ७ औँ अधिवेशनले आगामी कार्यकालको लागि लेखा समिति सहित १८ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । अध्यक्ष पदका प्रतिष्पर्धी दिनेशराज न्यौपानेलाई ५ मतले हराएर गैंडाकोट- ५ का भीमबहादुर कुमालले नेतृत्व लिएका छन् । जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपाध्यक्षमा […]
मगर संघ चितवनको वक्तृत्वकला कार्यक्रम

भरतपुर, १७ मंसिर । नेपाल मगर संघ जिल्ला समिति चितवनले एक कार्यक्रमकाबिच वक्तृत्वकला प्रतियोगिता गरेको छ । भरतपुर महानगरपालिका-१ गौरेश्वर मन्दिरको सभाहलमा `मगर समाजको रुपान्तरणको लागि शिक्षाको महत्व´ विषयमा खुला वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगर, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख दिलबहादुर पुर्जा पुन मगर, भरतपुर […]
नारायणगढ लेडि जेसिजको नेतृत्व हिमा श्रेष्ठलाई

भरतपुर, १७ मंसिर । युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता सीप विकास गर्नको लागि १८ वर्षदेखि ४० वर्ष उमेर समूहका सक्रिय नागरिकहरुको गैर-लाभकारी स्वेच्छिक संस्था नारायणगढ लेडि जेसिजको चौथो साधारणसभा तथा २७औँ शाखा अधिवेशनबाट वर्ष २०२४ का लागि हिमा श्रेष्ठले नेतृत्व सम्हाल्ने भएकी छन् । समुदायमा सकारात्मक प्रभाव सृजना गर्न, नवीन विचार, सहकार्य र सकारात्मक योजनाहरुलाई […]
सम्मानकै लागि भनेर त लेख्दिनँ, तर मलाई लेखेबापत सम्मान भने मिलेकै छ : साहित्यकार लाकोजू

नेपाली साहित्यका पाठकहरुलाई सूर्य लाकोजू चिनाइरहनु पर्ने नाम होइन । साहित्यका विविध विधामा सफलतापूर्वक कलम चलाइरहेका लाकोजू साहित्यकार मात्र नभएर साहित्यिक पत्रकार, सम्पादक, अनुसन्धाता एवम् सांस्कृतिक अध्येयता पनि हुन् । काभ्रे जिल्लाको पनौतीमा जन्मेर सोही भूमिलाई कर्मक्षेत्र बनाएका लाकोजू सोही स्थानमा बसेर साहित्यकको सिर्जना, साहित्यिक पत्रकारिता तथा साहित्यको सङ्गठनमा निरन्तर लागि परेका छन् । विविध […]
`हिंसा अन्त्यको लागि किशोरीलाई सशक्त बनाउनुपर्छ´

कावासोती, १७ मंसिर । किशोरी र महिलाहरु माथि हुने हिंसा अन्त्यको लागि लगानी आवश्यक रहेको नवलपुरका सरोकारवालाहरुले बताएका छन् । १६ दिने लैगिंक हिंसा विरुद्धको अभियान अन्तर्गत कावासोतीमा आयोजित हिंसा अन्त्यमा सरोकारवालाहरुको भुमिका विषयमा बोल्दै अधिकारकर्मीहरुले विशेष र प्राथमिकता सहितको लगानीको अभावको कारणले हिंसा बढेको र यसको न्युनीकरणको लागि लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् । […]