मनहरीमा आंशिक अपाङ्गता भएका १ सय ३४ जनालाई परिचयपत्र र निर्बाह भत्ता

मकवानपुर, १७ मंसिर ।

मकवानपुरकाे मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका १ सय ३४ जनालाई परिचयपत्र र निर्बाह भत्ता रकम उपलब्ध गराएको छ ।

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा मनहरी गाउँपालिकामा आयोजित कार्यक्रममा १ सय ३४ जना ग बर्ग (पहेँलो कार्ड ) का अपाङ्गता भएका ब्यक्तिलाई रकम प्रदान गरिएको हो । उनीहरुलाई प्रतिब्यक्ति ५ हजार ४ सय रुपियाँसहित ग बर्गको अपांगता परिचयपत्र गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले वितरण गरेका हुन् ।

राज्यले पूर्ण अपाङ्गता (क र ख वर्ग) भएका व्यक्तीलाई भत्ता वितरण गर्दै आएको तर आंशिक अपाङ्गता भएका व्यक्तीहरु कहिल्यै नसमेटिएकाेले स्थानीय सरकारले जिम्मेवारी वहन गरेकाे कालाखेतीले बताए । ‘उहाँहरुको पीडा पूर्ण अपाङ्गता भएकाहरुकाे तुलनामा कम भएपनि पीडा फरक छैन’ कालाखेतीले भने ‘त्यसैले उहाँहरुलाई पनि केहि निर्वाह होस् भन्ने अभिप्रायले गाउँपालिकाले भत्ता वितरण गरेकाे हाे ।’ अपाङ्गता भएका ब्यक्तिको सहज जीवन यापनका लागि गाउँपालिकाले आगामी दिनमा अझै बजेट बृद्धि गरी भत्ता उपलब्ध गराउने अध्यक्ष कालाखेतीले बताए ।

गाउँपालिकाबाट आंशिक अपाङ्गता भएका ब्यक्तिले पनि परिचय पत्र र भत्ता प्राप्त गरेकाेमा अपाङ्गता क्षेत्रमा क्रियाशील संघसंस्था र ब्यक्तिहरुमा खुसी छाएकाे अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्र मनहरीका अध्यक्ष दिलबहादुर स्याङ्बो बताए ।

मनहरी गाउँपालिका सामाजिक विकास समितिका संयोजक अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सीता पुलामी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल, महिला तथा बालबालिका विकास शाखा प्रमुख शिला अधिकारी, एमआईएस अपरेटर दीपक अधिकारी, अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्र मनहरीका अध्यक्ष स्याङ्बोलगायतको सहभागिता थियो ।

नेपाल सरकारको तर्फबाट क बर्गमा बर्गीकृत अपाङ्गता भएका व्यक्तिलाई मासिक ४ हजार रुपियाँ, ख बर्गमा बर्गीकृत अपाङ्गता भएका ब्यक्तिलाई मासिक २ हजार १ सय २८ रुपियाँ भत्ता उपलब्ध गराउँदै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट