सनराइजको वार्षिकोत्सवमा विद्यार्थीको दमदार प्रस्तुति

भरतपुर, १७ मंसिर ।
भरतपुर–४ मा रहेको सनराइज इङ्ग्लिस स्कुलको ३६औँ वार्षिकोत्सव कार्यक्रम दुई दिनसम्म विद्यार्थीका दमदार प्रस्तुतिसँगै सम्पन्न भएको छ ।
विद्यालयका प्रिन्सिपल शिवकुमार बगालेले स्वागत मन्तव्य र विद्यालय प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको पहिलो दिन गत बुधबार नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थी र दोस्रो दिन गत बिहीबार कक्षा ६ देखि १२ सम्मका विद्यार्थी र तिनका अभिभावक सहभागी थिए । दुवै दिन विद्यार्थीहरूले गीत, सङ्गीत, नाटक, नृत्य लगायतका विभिन्न विधामा भब्य समारोहबिच आफ्ना प्रस्तुति दिएका थिए ।

सनराइज स्कुल चितवन प्रा.लि.का अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा सञ्चालित पहिलो दिनको कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदी थिए । विशेष अतिथिका रूपमा चौधरी ग्रुप बिजिनेश युनिट प्रमुख गर्ली अग्रवाल, शैक्षिक प्रशासन महाशाखाका अधिकृत (आठौँ) ऋषिराम शर्मा लगायतका प्रतिष्ठित ब्यक्तिहरू आमन्त्रित गरिएको थियोे ।

प्रमुख अतिथि सुवेदीले सनराइजका विद्यार्थीहरू पढाइको क्षेत्रमा र उनीहरूले प्रदर्शन गरेको कला क्षेत्रमा पनि उदाहरणीय रहेको बताए । विशेष अतिथि अग्रवालले सनराइज स्कुललाई हरेक क्षेत्रबाट अब्बल शैक्षिक संस्था बनाउन सिजी एजुकेशनले कुनै कसर बाँकी नराख्ने बताए ।

दोस्रो दिनको कार्यक्रममा पनि विभिन्न क्षेत्रबाट आएका विशिष्ट व्यक्तित्वका बिचमा विद्यार्थीहरूले विभिन्न कलाका माध्यमद्वारा आफ्नो प्रस्तुति पस्केका थिए । यस कार्यक्रममा प्रमुख अतिथि कवि, साहित्यकार तथा लेखक भूपिन खड्का थिए । सनराइज इङ्ग्लिस स्कुल चितवन जिल्लाको मात्र नभई देशमै आफ्नो पहिचान स्थापना गर्न सफल एक विद्यालय भएको खड्काले बताए । उनले सनराइजले आयोजना गर्ने कुनै पनि कार्यक्रमले आफूजस्ता नयाँ कुरा सिक्न र हेर्न चाहनेका लागि नयाँ थलो भएको बताउँदै आउँदा दिनमा हेर्नकै लागि भए पनि यस किसिमका कार्यक्रममा सहभागी हुने बताए ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्याल, सिजि एजुकेशनका बिजिनेश युनिट प्रमुख गर्ली अग्रवाल, शैक्षिक प्रमुख भुषण गुरूङ, निर्देशक नवीन श्रेष्ठलगायत थिए । विद्यालयले उक्त कार्यक्रममा तहगत रूपमा उत्कृष्ट वर्ष विद्यार्थी र बोर्ड परीक्षामा उत्कृष्ट नतिजा हासिल गराउन निरन्तर तल्लिन शिक्षकहरूमध्ये सर्वोत्कृष्ट शिक्षकहरूलाई सम्मान गरेको थियो । दुवै दिनको कार्यक्रम विद्यालयमै अध्ययनरत विद्यार्थीहरूद्वारा सञ्चालन भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट