आफै चढेको बसले किचेर महिलाको मृत्यु

मकवानपुर, १७ मंसिर ।
यात्राकाे क्रममा रहेकी एक महिलाकाे आफै चढेको बसले किच्दा मृत्यु भएको छ ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–५ कुवामा एक जनाको बस्ने ७० बर्षीया कान्छी माया घलानका आफै चढेकाे बसले किच्दा ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय मकवापनुरका अनुसार चखेल – मातातीर्थ सडकखण्डमा अन्तर्गत काठमाडौंबाट चखेलतर्फ आउदै गरेको बा २ ख ७२७२ नम्बरको बसमा कान्छीमाया यात्रा गरी आएकी थिइन् । इन्द्रसरोवरको कुवामा बसबाट ओर्लने क्रममा चालकले बस अगाडी बढाउँदा उनी लड्न पुगेकी थिइन् । सोही क्रममा बसको टायरले उनलाई किचेर गम्भीर घाइते बनाएको थियो ।

उनको उद्धार गरी ट्रमा सेन्टर काठमाडौं पठाईएको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बि एण्ड बि अस्पताल पठाईएको थियो । उनको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस चालक सोही क्षेत्र बस्ने वर्ष २६ को राजकुमार दोङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शव फेला

यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५४ बर्षीय पुरुषको सुतिरहेको स्थानमा मृत अवस्थामा भेटिएका हुन् । उनको पहिचान खुलेको छैन ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, सञ्चारशाखाका अनुसार घटनास्थलबाट शव हैटौंडा अस्पातलमा लगिएको छ । शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनी हेटाैंडा बजार क्षेत्रमा प्लाष्टिक बटुलेर दैनिकी चलाउँदै आएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट