नारायणगढ लेडि जेसिजको नेतृत्व हिमा श्रेष्ठलाई

भरतपुर, १७ मंसिर ।
युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता सीप विकास गर्नको लागि १८ वर्षदेखि ४० वर्ष उमेर समूहका सक्रिय नागरिकहरुको गैर-लाभकारी स्वेच्छिक संस्था नारायणगढ लेडि जेसिजको चौथो साधारणसभा तथा २७औँ शाखा अधिवेशनबाट वर्ष २०२४ का लागि हिमा श्रेष्ठले नेतृत्व सम्हाल्ने भएकी छन् ।

समुदायमा सकारात्मक प्रभाव सृजना गर्न, नवीन विचार, सहकार्य र सकारात्मक योजनाहरुलाई आत्मसात गर्दै अगाडि बढाउने प्रतिबद्धता सहित स्थापित लेडि जेसिजको २०२४ का लागि श्रेष्ठ निर्वाचित हुन सफल भएका हुन् ।
श्रेष्ठ सानैदेखि सामाजिक कार्यहरुमा रुचि देखाउँदै र कार्यहरु गर्दै आइरहेको, विभिन्न सामाजिक संघ, संस्थाहरुमा समेत आवद्ध छिन् ।
श्रेष्ठ लेडि जेसिजको वर्ष २०२२ मा महासचिव र वर्ष २०२३ मा कानुनी सल्लाहकार रहेकी थिईन् ।

लेडि जेसिजको २७औँ अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा कोपिला गुरुङ र सुमिता सिंह, उपाध्यक्षमा दीपा अधिकारी, गंगा कुँवर थापा, सीता बराली(सितास्मा) र सोनिसा श्रेष्ठ त्यसैगरी निर्देशकमा रन्जु घिमिरे, वर्षा श्रेष्ठ, सुजना अधिकारी र स्वेता शाक्य निर्वाचित हुन सफल भएका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट