हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

मकवानपुर, १७ मंसिर ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुइ जनाको घटना स्थलमानै मृत्यु भएको छ । ट्याक्टर ब्याक गर्ने क्रममा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर आफै ‍अनियन्त्रित भई पानीस्वारा भिरबाट ३ सय मिटर तल खसी दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा सवार हेटौंडा–१६ पानीस्वारा बस्ने ५६ वर्षीय जितबहादुर थिङको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट