मगर संघ चितवनको वक्तृत्वकला कार्यक्रम

भरतपुर, १७ मंसिर ।
नेपाल मगर संघ जिल्ला समिति चितवनले एक कार्यक्रमकाबिच वक्तृत्वकला प्रतियोगिता गरेको छ ।
भरतपुर महानगरपालिका-१ गौरेश्वर मन्दिरको सभाहलमा `मगर समाजको रुपान्तरणको लागि शिक्षाको महत्व´ विषयमा खुला वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगर, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख दिलबहादुर पुर्जा पुन मगर, भरतपुर महानगरपालिका-१ का वडाध्यक्ष केशव महर्जन, जिल्ला समन्वय समिति चितवनका अधिकृत अन्तिम सिंजाली मगर, मगर संघ केन्द्रीय अनुशासन विभाग सदस्य, काशीमाया राना मगर, मगर महिला संघ केन्द्रीय सांस्कृतिक उपाध्यक्ष देवी थापा मगर, मगर संघ बागमती प्रदेश समितिका अध्यक्ष मिलन थापा मगरलगायत मगर संघमा आवद्ध विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिता भातृ संस्थाहरु र प्रारम्भिक समितिहरुबिच भएको हो ।
भातृ संस्थाहरुबाट नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनकी रोजि सारु मगर प्रथम, नेपाल मगर महिला संघ जिल्ला समिति चितवनकीकी लक्ष्मीदेवी थापा मगर द्वितीय र नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिति चितवनकी प्रेमकुमारी थापा मगर तृतीय हुन सफल भएका हुन् ।

प्रारम्भिक समितिहरुबाट चन्द्र एकता मगर समाज भरतपुर-२ क्षेत्रपुरकी स्नेहा थापा मगर प्रथम, नेपाल मगर संघ भरतपुर-२० शारदानगरकी यामकुमारी थापा मगर द्वितीय र नेपाल मगर संघ ज्ञानोदय मगर समाज भरतपुर-९,शरदपुरकी रीता थापा मगर तृतीय हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रारम्भिक समिति र भातृ संस्था गरि २९ जना सभागी थिए । विजयी हुन सफल भएकाहरुलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट