जयश्री सामुदायिक वनको अध्यक्षमा कुमाल विजयी

गैंडाकोट, १७ मंसिर ।
जयश्री सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ३, ४,५ र ८ को ७ औँ अधिवेशनले आगामी कार्यकालको लागि लेखा समिति सहित १८ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।

अध्यक्ष पदका प्रतिष्पर्धी दिनेशराज न्यौपानेलाई ५ मतले हराएर गैंडाकोट- ५ का भीमबहादुर कुमालले नेतृत्व लिएका छन् । जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपाध्यक्षमा ढाकादेवी सुवेदी, सचिव टेकबहादुर आले, कोषाध्यक्ष पार्वती ढकाल, सह-सचिव अर्जुन पोख्रेल, महिला सदस्यहरुमा राधिका कार्की, सरस्वती बगाले, ईश्वर खत्री, सुनिता दर्जी, सकुन्तला दवाडी र लक्ष्मी कमली खुल्ला सदस्यबाट काशीराम गौतम, निर्मलराज रिमाल, एकदेव घिमिरे, कुलप्रसाद आचार्य र लेखा समिति संयोजक राजेन्द्रराज घिमिरे, वासुदेव आचार्य, सुवासचन्द्र आचार्य लेखा समिति सदस्यमा निर्वाचित भएका छन ।

विजयी भएपछि नवनिर्वाचित अध्यक्ष कुमालले पत्रकारसँग प्रतिक्रिया दिँदै आफ्नो पहिलो प्राथमिकता वन संरक्षण भएको बताए । स्थानीयस्तरमा आम मानिसले वन संरक्षणमा जोड दिइरहेका बेला वन व्यवस्थापन, वनको उपयोगिता र वनको दिगो विकासका लागि उपभोक्ता, स्थानीय, प्रदेश, केन्द्र सरकारलगायत सरोकारवाला पक्षसँग हातेमालो गर्दै विभिन्न कार्ययोजना निर्माण गर्ने योजना रहेको कुमालले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट