भरतपुरको मेयरका उम्मेद्वार गुरुङको प्रतिबद्धताः अस्तव्यस्त शहरलाई व्यवस्थापन गर्छु

भरतपुर,२१ वैशाख । राष्ट्रिय नागरिक पार्टीका भरतपुरका मेयरका उम्मेदवार पुर्णबहादुर गुरुङले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । भरतपुरमा ११ मा रहेको पार्टी कार्यालयमा एक कार्यक्रम आयोजना गरि घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा शिक्षा र स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिइएको छ । सो कार्यक्रममा मेयरका उम्मेद्वार गुरुङले स्थानियको पीडा मर्कालाई आत्मसाथ गर्दै अस्तव्यस्त शहरलाई व्यवस्थापन […]

रन्जु दर्शना विवाह बन्धनमा बाँधिइन्

काठमाडौं, २१ वैशाख । रञ्जु दर्शना विवाह बन्धनमा बाँधिएकी छन् । किशोर कुइँकेलसँग उनी बुधबार विवाह बन्धनमा बाँधिएकी हुन् । उनको विवाहको निम्तो मान्न ‘विवेकशील साझा’का पूर्वसंयोजक मिलन पाण्डे पनि पुगेका थिए । गत फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए ।

भरतपुरको मतगणना चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने

भरतपुर, २१ वैशाख । आसन्न स्थानीय निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मतगणनास्थल चितवन उद्योग संघको प्रदर्शनी केन्द्रलाई तोकिएको छ । वैशाख ३० गते हुने मतदानपछि मतगणना भरतपुर- १० स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रको ब्लक ‘सी’मा हुने भएको हो । बुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलका प्रतिनिधिलाई मतगणना स्थलको अनुगमन गराएको थियो । मुख्य निर्वाचन अधिकृतको […]

माडी नगरपालिकाले उपलब्ध गरायो जस्तापाता

माडी, २१ वैशाख । मध्यपूर्वी माडीका विभिन्न गाउँहरुमा चलेको भीषण हावा हुण्डरीबाट क्षतीग्रस्त आवासीय घरहरु छाउनका लागि माडी नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ । माडी नगरपालिका वडा नम्बर ७ र ८ का विभिन्न गाउँहरुमा हावा हुण्डरीले दर्जनौं आवासीय घर एवम् केहि विद्यालय भवनहरुको छानो उडाई क्षती गरेकोमा नगरपालिकाले छानाका लागि जस्तापाता उपलब्ध गराएको हो । […]

खैरहनीमा गठबन्धनको घरदैलो अभियान तीव्र, स्थानीय भन्छन् : वडा कार्यालय नभएर दुःख पाइयो

खैरहनी, २१ वैशाख । खैरहनी नगरपालिकामा गठबन्धनको घरदैलो अभियान तीव्र बनेको छ । गठबन्धनबाट मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार शशी खनिया र उपमेयरमा नेकपा माओवादी केन्द्रबाट लक्ष्मी ढकालले घरदैलो अभियानलाई तीव्र पारेका छन् । सोही अनुरुप बुधवार खैरहनी नगरपालिका वडा नम्बर ६, ७ र १० मा गठबन्धनको घरदैलो अभियान सम्पन्न भएको छ । घरदैलो अभियान […]

देउवा चितवन आइपुगे, भेट्लान् त स्वतन्त्र उम्मेदवार पौडेललाई ?

भरतपुर, २१ वैशाख । यहि वैशाख ३० गते हुन गैरहेको स्थानीय चुनावलाई लक्षित गरी सत्ता गठबन्धनले भरतपुरमा भोलि बिहीबार गर्न लागेको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आजै भरतपुर आइपुगेका छन् । बुधबार दिउँसो गठबन्धनको बिराटनगरमा भएको चुनावी सभालाई सम्बोधनपश्चात् हवाईमार्गहुँदै देउवा चितवन आइपुगेका हुन् । बिहीबार केन्द्रीय बस टर्मीनलमा हुने […]

आचारसंहिताविपरीत चुनावीसभा गर्न प्रधानमन्त्री देउवा भरतपुर आउँदै, निर्वाचन कार्यालयमा उजुरी

भरतपुर, २१ वैशाख । वैशाख ३० गते हुन गैरहेको स्थानीय चुनावलाई लक्षित गरी सत्ता गठबन्धनले भरतपुरमा सभा गर्दैछ । बिहीबार हुने उक्त सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितले सम्बोधन गर्ने कार्यक्रम छ । सभापति देउवा बुधबार साँझ नै भरतपुर आउने कार्यक्रम रहेको स्रोतले बताएको छ । तर, प्रधानमन्त्री देउवा आचारसंहिताविपरीत चुनावी प्रचारमा आउन […]

विपन्न वर्गमा छैन चुनावप्रतिको उत्साह

इच्छाकामना, २१ वैशाख । यति बेला देशभर स्थानीय तह निर्वाचनको माहोल गर्माइरहेको छ । दलका विभिन्न तहका नेता तथा कार्यकर्तालाई चुनाव ठूलै चाडपर्व जसरी लागेको छ । तर विपन्न नागरिकहरू भने चुनावलाई लिएर खासै उत्साहित देखिँदैनन् । राजनीतिक दलहरूले दलित तथा विपन्न वर्गलाई हरेक पटक भोट बैंकका रूपमा प्रयोग गर्ने गरेको तर चुनाव जितेपछि फर्केर […]

हुप्सेकोटमा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा ५ जना घाइते

गैँडाकोट, २१ वैशाख । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका वडा नम्बर १ मा मंगलबार राति एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा उम्मेदवारसहित पाँच जना घाइते भएका छन् । उनीहरुमध्ये नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्ष उम्मेदवार लक्ष्मीदेवी पाण्डे र उपाध्यक्ष उम्मेदवार पूर्णसिंह रानाको कावासोतीस्थित कालीगण्डकी अस्पताल र तीन जना एमाले कार्यकर्ताको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा […]

भ्रष्टाचार मुक्त भरतपुर बनाउने विवेकशील साझाका उम्मेदवारको संकल्प

भरतपुर, २१ वैशाख । विवेकशील साझा पार्टीका भरतपुर महानगरपालिकाका उम्मेदवारले संकल्पपत्र सार्वजनिक गरेका छन् । बुधवार पार्टी कार्यालय भरतपुरमा केन्द्रीय अध्यक्ष रवीन्द्र मिश्रको उपस्थितिमा भरतपुरका मेयर पदका उम्मेदवार प्रविण काफ्ले र उपमेयर पदका उम्मेदवार पुष्पा सापकोटाले ८ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् । संकल्पपत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शी सेवा, निशुल्क तथा गुणस्तरीय शिक्षा, सर्वसुलभ […]

रविन्द्रको प्रश्न: परिवर्तन पनि चाहियो भन्ने अनि चुनावमा पुरानै नेतालाई गाली गर्दै भोट दिनुको के अर्थ ?

भरतपुर,२१ वैशाख।   विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले चुनावको बेला सधै राम्रो मान्छे चाहियो भनेर सामाजिक सञ्जालमा कराउने जमातले आफूहरुले उत्कृष्ट उम्मेद्वार उठाउँदा पनि जिताउन नसकेको गुनासो गरेका छन् । भरतपुरमा विवेकसील साझाको उम्मेद्वारको संकल्प पत्र सार्वजनिक कार्यक्रममा बोल्दै मिश्रले मौका पाउदाखेरि गलत मान्छेलाई रोज्ने र पाँच वर्षसम्म गाली गरेर बस्ने प्रवृति पटक पटक […]

गठबन्धनसँग कांग्रेसको निष्ठा जोडिएको छ : शंकर भण्डारी

भरतपुर, २१ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शंकर भण्डारीले ५ दलीय गठबन्धनलाई नेपाली कांग्रेसले महत्वका साथ हेरेको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले बुधबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य भण्डारीले नेपाली कांग्रेस गठबन्धनका बिसयमा जवाफदेहि र जिम्मेवारी ढंगले लाग्नुपर्ने अवस्था आएको र सोही अनुसार नेपाली […]