भरतपुरको मतगणना चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने

भरतपुर, २१ वैशाख ।
आसन्न स्थानीय निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मतगणनास्थल चितवन उद्योग संघको प्रदर्शनी केन्द्रलाई तोकिएको छ । वैशाख ३० गते हुने मतदानपछि मतगणना भरतपुर- १० स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रको ब्लक ‘सी’मा हुने भएको हो ।

बुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलका प्रतिनिधिलाई मतगणना स्थलको अनुगमन गराएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेलले मतगणनास्थलको सुरक्षालगायत अन्य कामहरु सुरु गरिएको उनले बताए । ‘सिसिटिभी क्यामाराको जडानलगायत अन्य सुरक्षात्मक प्रबन्धको तयारी गर्दैछौँ, सोही विषयमा आज अनुगमन गराएका हौँ, पौडेलले भने ।

अघिल्लोपटक २०७४ को स्थानीय चुनावमा भने भरतपुर कभर्ड हलमा मतगणना गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट