भ्रष्टाचार मुक्त भरतपुर बनाउने विवेकशील साझाका उम्मेदवारको संकल्प

भरतपुर, २१ वैशाख ।
विवेकशील साझा पार्टीका भरतपुर महानगरपालिकाका उम्मेदवारले संकल्पपत्र सार्वजनिक गरेका छन् । बुधवार पार्टी कार्यालय भरतपुरमा केन्द्रीय अध्यक्ष रवीन्द्र मिश्रको उपस्थितिमा भरतपुरका मेयर पदका उम्मेदवार प्रविण काफ्ले र उपमेयर पदका उम्मेदवार पुष्पा सापकोटाले ८ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् ।

संकल्पपत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शी सेवा, निशुल्क तथा गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, सामाजिक सुरक्षा कार्यक्रम, कृषि पर्यटन व्यापार व्यवसाय, रोजगारी, पर्यावरण र योजनाबद्द पुर्वाधार विकासलाई मूल एजेन्डाको रुपमा प्रस्तुत गरिएको छ ।

भरतपुर महानगरपालिकामा २ वर्षभित्र कार्यालयमा सेवाग्राही आउन नपर्ने गरि घरबाटै काम सम्पन्न गर्ने गरि व्यवस्था मिलाइने संकल्प गरिएको छ । शिक्षामा उत्कृष्ट अभ्यासहरुबाट सिक्नका लागि आम आदमी पार्टी दिल्ली सरकारसँग समन्वय गरिने बताइएको छ ।

स्थानीय पाठ्यक्रम अन्तर्गत ‘happiness class’ संचालन गरिने उल्लेख छ ।
गरिबीको रेखामुनि रहेका समुदायका लागि न्युनतम र सहुलियतपूर्ण सार्वजनिक सेवा प्रदान गर्ने संकल्प उनीहरुको छ । महिला हिंसा, बलात्कार, यौन दुर्व्यवहार जस्ता समस्याहरुलाई निराकरण गर्न महानगरपालिकाले उचित भूमिका खेल्ने र संघीय सरकार र नेपाल प्रहरीसँग समन्वय गरी महानगरको सबै सार्वजनिक स्थलमा सीसी क्यामेरा राखिने बताइएको छ ।

महानगरमा `एक वडा एक उत्पादन´ कार्यक्रमलाई लागू गरि आधुनिकीकरण तथा व्यावसायीकरण गरिने र समयमै मल, बीउ आपूर्ति सुनिश्चिता गर्ने प्रयास गरिने समेतका योजनाहरू संकल्पपत्रमा उल्लेख गरिएका छन ।

भरतपुरलाई प्रत्येक घरघरमा, सडक वरपर खुल्ला ठाउँहरुमा फूल तथा सजावटी बिरुवा रोपी महानगरलाई फूलैफूलको शहरको रुपमा प्रवर्द्धन गरिने संकल्प उम्मेदवारद्वयको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट