गठबन्धनसँग कांग्रेसको निष्ठा जोडिएको छ : शंकर भण्डारी

भरतपुर, २१ वैशाख ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शंकर भण्डारीले ५ दलीय गठबन्धनलाई नेपाली कांग्रेसले महत्वका साथ हेरेको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवन शाखाले बुधबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य भण्डारीले नेपाली कांग्रेस गठबन्धनका बिसयमा
जवाफदेहि र जिम्मेवारी ढंगले लाग्नुपर्ने अवस्था आएको र सोही अनुसार नेपाली कांग्रेस गम्भीर भएर लागिपरेको बताए । `गठबन्धनका बिषयमा सबैभन्दा जिम्मेवारी नेपाली कांग्रेस नै हो, पार्टीको निष्ठा जोडिएको सन्दर्भ पनि हो´ भण्डारीले भने -`चितवनका मतदातालाई अविचलित भएर गठबन्धनलाई सहयोग गर्न विनम्र अनुरोध गर्दछु ।´

नेपाली कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले अहिलेको गठबन्धन नीतिगत गठबन्धन भएको बताए । `पहिलेको (२०७४ सालको) गठबन्धन तालमेलको गठबन्धन थियो´, सभापति खनालले भने –
`नेपाली कांग्रेस नेतृत्वको निर्देशनमा चल्ने पार्टी हो, परिस्थितिले गर्दा कांग्रेसले गठबन्धनका बिसयमा जिम्मेवारी बोध गर्नुपर्दछ ।´

कांग्रेसले जिम्मेवारी बोध गरेर नै गठबन्धन जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको खनालले बताए । `पार्टीले नेतृत्वको निर्देशन मानेन भने त्यो पार्टी रहन्न, क्लब बन्छ । हाम्रो कारणले गठबन्धन ब्रेक हुन हुन्न ।´ खनालले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट