देउवा चितवन आइपुगे, भेट्लान् त स्वतन्त्र उम्मेदवार पौडेललाई ?

भरतपुर, २१ वैशाख ।
यहि वैशाख ३० गते हुन गैरहेको स्थानीय चुनावलाई लक्षित गरी सत्ता गठबन्धनले भरतपुरमा भोलि बिहीबार गर्न लागेको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आजै भरतपुर आइपुगेका छन् ।

बुधबार दिउँसो गठबन्धनको बिराटनगरमा भएको चुनावी सभालाई सम्बोधनपश्चात् हवाईमार्गहुँदै देउवा चितवन आइपुगेका हुन् ।

बिहीबार केन्द्रीय बस टर्मीनलमा हुने उक्त सभालाई देउवासहित गठबन्धनका शीर्ष तहका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भरतपुरमा काँग्रेसका असन्तुष्ट समूहबाट जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी फिर्ताको लागि पार्टी सभापति देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई अघिल्लो साता चितवन पठाएका थिए । यद्यपि पौडेलले आफ्नो अडान कायम राख्दै उम्मेदवारी फिर्ता लिएका छैनन् ।पार्टीको नीति विपरीत गएको भन्दै पौडेललगायतका नेतालाई केन्द्रले आज साँझसम्म वक्तव्य जारी गर्दै उम्मेदवारी फिर्ता लिए कारबाहीमा पुर्नविचार गर्न सकिने जनाएको छ ।

प्रधानमन्त्री देउवाले स्वतन्त्र उम्मेदवारी दिएका पौडेललाई भेटेर उम्मेदवारी फिर्ताको लागि पहल गर्ने सम्भावना पनि देखिन्छ । यद्यपि चितवन काँग्रेसका उपसभापति राजीव न्यौपानेले भेटको सम्भावना नरहेको जनाए ।
यस्तै आजै प्रधानमन्त्री देउवा आचारसंहिताविपरीत चुनावी प्रचारमा आउन लागेको भन्दै निर्वाचन कार्यालयमा उजुरी समेत परेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट