खैरहनीमा गठबन्धनको घरदैलो अभियान तीव्र, स्थानीय भन्छन् : वडा कार्यालय नभएर दुःख पाइयो

खैरहनी, २१ वैशाख ।
खैरहनी नगरपालिकामा गठबन्धनको घरदैलो अभियान तीव्र बनेको छ । गठबन्धनबाट मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार शशी खनिया र उपमेयरमा नेकपा माओवादी केन्द्रबाट लक्ष्मी ढकालले घरदैलो अभियानलाई तीव्र पारेका छन् । सोही अनुरुप बुधवार खैरहनी नगरपालिका वडा नम्बर ६, ७ र १० मा गठबन्धनको घरदैलो अभियान सम्पन्न भएको छ ।

घरदैलो अभियान चलिरहँदा खैरहनी वडा नम्बर ७ का स्थानीयले भने अहिलेसम्म पनि सो वडामा वडा कार्यालय नहुँदा आफूहरुले सामान्य काम गर्न पनि वडा नम्बर ६ मा रहेको वडा कार्यालयमा जान परेकाले दुःख पाएको गुनासो व्यक्त गरेका छन् ।

स्थानीयले ५ वर्षमा पनि सो वडामा वडा कार्यालय बन्न नसक्नु निकै दुःखको कुरा भएकाले अब बन्ने मेयर र उपमेयरले भने सो वडामा वडा कार्यालय बनाउन लाग्नेमा आफूहरु आशावादी रहेको बताएका छन् ।
सोही क्रममा गठबन्धनबाट मेयर पदका उम्मेदवार शशी खनिया तथा उपमेयर लक्ष्मी ढकालले घरदैलो पछिको कोणसभालाई सम्वोधन गर्दै जनताका आवश्यकताहरुलाई बुझेर आफूहरुले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मेयर पदका उम्मेदवार खनियाले पुरानो पर्सा बजारको अव्यवस्थित पार्किङ्ग, कुचकुचे सामुदायिक वनमा पर्यटन प्रबर्द्धन, सरकारी जग्गाको संरक्षण गर्दै सकुम्बासी समस्याको निराकरण गर्न आफूहरु लागि पर्ने प्रतिबद्धता जाहेर गरे ।

नेपाली कांग्रेसबाट खैरहनी वडा नम्बर ६ मा वडा अध्यक्षमा रामेश्वर बर्तौला, वडा नम्बर ७ मा किरण चौधरी र वडा नम्बर १० मा चन्द्रविक्रम चौधरीको उम्मेदवारी रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट