भरतपुरको मेयरका उम्मेद्वार गुरुङको प्रतिबद्धताः अस्तव्यस्त शहरलाई व्यवस्थापन गर्छु

भरतपुर,२१ वैशाख ।

राष्ट्रिय नागरिक पार्टीका भरतपुरका मेयरका उम्मेदवार पुर्णबहादुर गुरुङले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । भरतपुरमा ११ मा रहेको पार्टी कार्यालयमा एक कार्यक्रम आयोजना गरि घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा शिक्षा र स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिइएको छ ।
सो कार्यक्रममा मेयरका उम्मेद्वार गुरुङले स्थानियको पीडा मर्कालाई आत्मसाथ गर्दै अस्तव्यस्त शहरलाई व्यवस्थापन गर्नका लागि ठूलो उर्जा लिएर मेयरको उम्मेद्वारी दिएको बताए ।उनले आफू उम्मेद्वारमा उठेपछि चुनौती र अवसर दुबै देखेको बताए ।उनले भने ‘म ४० वर्षको भए, अहिले नगरे कहिले गर्ने त भनेर उम्मेद्वारको रुपमा उठेको छु ’ । ठुला दलले दलले लुटको खेती गर्ने अपवित्र गठबन्धन गरेको उनले आरोप समेत लगाए । आफूले चुनाव जितेको खण्डमा २४ घण्टा जनताको काममा खटिने गुरुङको प्रतिबद्धता रहेको थियो । पार्टीका जिल्ला अध्यक्ष नवराज घलेले चुनावमा गठबन्धन नगरि हिम्मत भए एक्लै लड्नुपर्ने भन्दै चुनौती दिए । देशमा युवा जाग्नुपर्ने बेला आएको बताउँर्दै घलेले जनताको नाममा लुटतन्त्र मात्रै चलेको भन्दै देश बचाउ अभियान थाल्नुपर्ने धारणा राखे । अध्यक्ष घलेले युवालाई रेमिटान्समा बेच्न नपाइने तर्क समेत गरे ।यस्तै जिल्ला सल्लाहकार शिन्धु मल्लले देशलाई आयातित व्यवस्थाले भताभुङ्ग पारेको भन्दै राष्टिय नागरिक पार्टीले आफ्नो पन ल्याउनलाई काम गरेको बताए । केन्दीय अध्यक्ष शुक्रबहादुर गुरुङगले पार्टी सांगठनिक बिस्तार क्रममा भएपनी स्थानीय चुनावमा भाग लिएर बैकल्पिक पार्टीको रुपमा उदाएको बताए । पुराना मै हु पार्टीले गरेको बेथितिलाई चिर्नका लागि आफुहरुको उदय भएको उनको तर्क थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट