प्रधानमन्त्रीसँगको छलफलपछि केसीका पूर्वघोषित कार्यक्रम स्थगित

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको छलफलपछि चिकित्सा क्षेत्रको सुधारका लागि अभियान चाल्दै आउनुभएका डा गोविन्द केसीले आफ्ना पूर्वघोषित कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलपछि आफूले घोषणा गरेको अनशनलगायतका कार्यक्रम स्थगित गरेको डा केसीले जानकारी दिए । सार्वजनिक पदमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानूनी व्यवस्था […]
चीनबाट १६ लाख डोज भेरोसेल खोप आउँदै

भरतपुर, १ भदौ । चीनबाट १६ लाख डोज भेरोसेल खोप आउने भएको छ । चिनियाँ कम्पनीसँग खरिद गरिएको ६० लाख डोज खोपमध्ये बुधबार र बिहीबार गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो । नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनबाट […]
चितवनमा एक महिनामा सवारी दुर्घटनाबाट ११ जनाको मृत्यु

भरतपुर, १ भदौ । चितवनमा गत साउन महिनामा सवारी दुर्घटनाबाट ११ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनले दिएको जानकारीअनुसार सवारी दुर्घटनामा नौ जना पुरुष र २ जना महिलाको मृत्यु भएको हो । साउनमा दुर्घटनाबाट २३ जना गम्भीर घाइते र ५२ जना सामन्य घाइते भएका थिए । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख […]
दल विभाजनसम्बन्धी अध्यादेश ओली प्रवृत्तिकै पुनरावृत्ति : बाबुराम भट्टराई

भरतपुर, १ भदौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दल विभाजनसम्बन्धी अध्यादेशले गठबन्धनको छविलाई नराम्ररी धमिल्याउने दाबी गरेका छन् । संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको उल्लेख गर्दै डा. भट्टराईले यसलाई केपी शर्मा ओली प्रवृत्तिकै पुनरावृत्ति भएको बताएका छन् । लोकतन्त्रमा पार्टी छोड्न वा नयाँ […]
सत्ता कब्जापछि तालिवानले गर्यो पहिलो पत्रकार सम्मेलन

भरतपुर, १ भदौ । राजधानी काबुल सहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिवानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले ”२० वर्षको संघर्षपछि हामीले देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको” बताएका छन् । ”यो पुरै देशका लागि गर्वको क्षण हो,” उनले भने । ”अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ,” उनले थपे […]
मध्यपूर्व संयोजक प्रवीण गुरुङद्वारा एनआरएनए सचिवमा उम्मेदवारी दिने घोषणा

भरतपुर, १ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी अक्टोवर तेस्रो साता हुने १०औं महाधिवेशनमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व संयोजक प्रवीण गुरुङले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उम्मेदवारी घोषणासँगै उनले गैरआवासीय नेपाली संघमा संस्थागत स्थायित्व र विकास आफ्नो उम्मेदवारीको एजेन्डा हुने बताएका छन् । संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र […]
रोकौँ आत्महत्या (सम्पादकीय)

प्रतिकूल परिस्थितिको सामना गर्न डराउने कमजोर मानसिकताको उपज हो आत्महत्या । यतिमात्र होइन, कडा खालको मानसिक रोगबाट ग्रसित बिरामीले पनि आत्महत्याको प्रयास गर्छन् । क्षणिक आवेगमा आफ्नै जीवन सिध्याउनेहरू अपराधी हुन् । आत्महत्याभन्दा ठूलो अपराध केही छैन । जस्तोसुकै परिस्थितिमा पनि मानिसको बाँच्न पाउने हकको सम्मान गरिनु पर्छ । अरुबाट नभई आफैले आफ्नो जीवन सिध्याउनेहरूप्रति […]
माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न संसद् सचिवालयलाई एमालेको पत्राचार

भरतपुर १ भदौ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको छ । पार्टी अनुशासन विपरीत क्रियाकलाप गरेको भन्दै एमालेले नेपालसहित १४ सांसदलाई कारबाही गरेको हो । कारबाहीसँगै उनीहरूलाई सांसद पदबाट पदमुक्त गर्न एमालेले संसद सचिवालयमा पत्र दर्ता गरेको छ । संसद सचिवालयसँगै कारबाही गरेको पत्र एमालेले निर्वाचन आयोगमा पनि बुझाएको […]
केपी ओलीको चेतावनी: एमाले फुटाउने निर्णय देउवालाई महंगो पर्ने छ

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने गरी नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गरेका छन्। संसद भवन नयाँ बानेश्वरमा सुरु भएको संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा ओलीले प्रधानमन्त्री देउवाले कांग्रेस र एमालेबीचको समझदारीको राजनीति पनि अन्त्य गरेको आरोप लगाए। ‘अहिले नेकपा एमाले फुटाउन जुन क्रियाकलाप गर्दैछन्, […]
सरकारले ल्यायो अध्यादेश: २० प्रतिशतले पार्टी फुटाउन पाउने

काठमाडोँ १ भदौ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो […]
१२ नबज्दै बाहिरिन्छन् भरतपुर अस्पतालका चिकित्सक र कर्मचारी

चितवन, १ भदौ। भरतपुर अस्पतालबाट मध्याह्न १२ बजे नै बाहिरिएपछि रेडियोलोजी विभागमा कार्यरत चिकित्सकलाई प्रमुख जिल्ला अधिकारीले टेलिफोन गरेर पुनः अस्पतालमा फर्काउनुभयो । बिरामीका आफन्तको गुनासोपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीको टेलिफोन नउठाएपछि ती चिकित्सकलाई प्रजिअ लामिछानेले आफैँ टेलिफोन गरेर सोमबार पुनः काममा फर्काउनुभएको हो । अस्पतालमा स्थायी मेडिकल सुपरिटेन्डेन्ट नहुँदा निमित्तलाई चिकित्सक […]
इंग्ल्याण्डमाथि भारतको रोमाञ्चक जीत

क्रिकइन्फो, २ भदौ । भारत र इंग्ल्याण्डबीचको पटौदी ट्रफी अन्तर्गतको दोस्रो टेष्ट म्याचमा भ्रमणकारी भारतीय टोली विजयी भएको छ । टेष्टको पाँचौँ दिन सोमबार १५१ रनको रोमाञ्चक जीत निकाल्दै उसले ५ म्याचको शृंखलामा १–० को अग्रता बनाएको थियो । लड्र्स मैदानमा इंग्ल्याण्डलाई टेष्ट जित्न दोस्रो पारीमा २७२ रनको लक्ष्य मिलेको थियो । तर भारतीय बलिङ […]
धमिलो पानी खान बाध्य छन् तुम्कोटबासी

सिमकोट, १ भदौ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दा एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन् । पानीको मुहान बाढीले बगाएपछि उनीहरू एक घण्टा हिँडेर नदीको पानी ल्याइ पिउन बाध्य भएका हुन् । गत साउन २० गते गएको बाढीले खानेपानीको मुहान र पाइप लाइन […]
१५० यात्रु क्षमताको जहाज ६४० अफगानी बोकेर काबुलबाट यसरी उड्यो कतार

काठमाडौँ, १ भदौ । अफगानिस्तान तालिवानको नियन्त्रणमा आएपछि धेरैले देश छाड्न खोजिरहेका छन्। यो दृश्य काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमामा देख्न सकिन्थ्यो। विमान चढेर देश छाड्नका लागि तछाडमछाड गर्नेहरुको दृश्य सामाजिक सञ्जालमा छरपस्ट भएका छन्। विमानको बाहिरी भागमै चढेर उड्ने क्रममा केही मानिसहरुको विमानबाट खसेर मृत्युसमेत भएका समाचारहरु बाहिरिएका छन्। यसैबीच अमेरिकी सेनाको जहाज, जुन […]
अफगानिस्तानका नेता देशको हितका लागि एकताबद्ध हुन सक्दैनन्: बाइडेन

काठमाडौँ १ भदौ विद्रोही संगठन तालिबानले अफगानिस्तान कब्जा गर्नुमा त्यहीँका भगुवा नेता जिम्मेवार भएको अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताएका छन्।अफगान सेनालाई सहयोग गरिरहेको अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गराउने निर्णय गर्नासाथ तालिबानले आफ्नो आक्रमण बढाउँदै देश नियन्त्रणमा सफल भएको भनेर आफ्नो आलोचना भइरहेका बेला राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले यसमा आफूहरूको दोष नभएको दाबी गरेका […]
एमाले स्थायी कमिटी बैठक बस्दै

भरतपुर, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार राति सम्पन्न शीर्ष नेताहरूको अनौपचारिक छलफलले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो । आफूनिकट नेताहरुसँग छलफल गरेपछि एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले बैठक […]
तीन गुणाले बढ्यो सवारी दुर्घटना

बनियानी, १ भदौ । झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए। झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा […]
निषेधाज्ञाका कारण प्रहरीकहाँ दर्ता हुने मुद्दा घटे

भरतपुर, १ भदौ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण प्रहरीकहाँ दर्ता हुने मुद्दा दर्तामा कमी आएको पाइएको छ । महामारी नियन्त्रणका लागि दुई वर्षमा दुई पटक लामो अवधिको निषेधाज्ञा गरिँदा आपराधिक घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । चितवन प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा जिल्लाभर कूल […]
विशिष्ट साधकलाई आजीवन र मानार्थ प्राज्ञ सदस्यता प्रदान

काठमाडौँ, १ भदौ । नेपाल प्रज्ञा–प्रतिष्ठानले लामो समयदेखि नेपाली साहित्यअन्तर्गत कविता, काव्य र समालोचनाका साथै भाषा, दर्शन, सामाजिक शास्त्र आदि विषय क्षेत्रमा सिर्जना, अनुसन्धान र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गरेका वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलाई आजीवन सदस्यताको सम्मानपत्र अर्पण गरेको छ । प्रतिष्ठानले विगत सात दशकदेखि साधनारत रही नेपाली साहित्यअन्तर्गत निबन्धरनियात्रा, कथा र उपन्यास सिर्जना तथा […]
२०७८ भदौ १ गतेको कायाकैरन दैनिक (E-Paper)