माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न संसद् सचिवालयलाई एमालेको पत्राचार

भरतपुर १ भदौ ।

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको छ ।

पार्टी अनुशासन विपरीत क्रियाकलाप गरेको भन्दै एमालेले नेपालसहित १४ सांसदलाई कारबाही गरेको हो । कारबाहीसँगै उनीहरूलाई सांसद पदबाट पदमुक्त गर्न एमालेले संसद सचिवालयमा पत्र दर्ता गरेको छ । संसद सचिवालयसँगै कारबाही गरेको पत्र एमालेले निर्वाचन आयोगमा पनि बुझाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले कारबाहीका लागि संसद सचिवालयमा पठाएको पत्रको बोधार्थ आयोगमा आइपुगेको जानकारी दिए । श्रेष्ठका अनुसार १४ जना सांसदलाई कारबाही गरेको पत्रमा उल्लेख छ ।

संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीले संसद सचिवालयमा पुगेर कारबाहीको पत्र दर्ता गराएका थिए ।

यी हुन् कारबाहीमा परेका नेपाल समूहका सांसद :

१.माधव नेपाल
२.विरोध खतिवडा
३.मेटमणी चौधरी
४.जीवनराम श्रेष्ठ
५.मुकुन्द न्यौपाने
६.कृष्णलाल महर्जन
७.रामकुमारी झाँक्री
८.कल्याणी खड्का
९.लक्ष्मीकुमारी चौधरी
१०.निरादेवी जैरु
११.पुष्पाकुमारी कर्ण
१२.सरला यादव
१३.कलिला खातुन
१४.भवानी खापुङ

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट