दल विभाजनसम्बन्धी अध्यादेश ओली प्रवृत्तिकै पुनरावृत्ति : बाबुराम भट्टराई

भरतपुर, १ भदौ ।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा‍. बाबुराम भट्टराईले दल विभाजनसम्बन्धी अध्यादेशले गठबन्धनको छविलाई नराम्ररी धमिल्याउने दाबी गरेका छन् ।

संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको उल्लेख गर्दै डा. भट्टराईले यसलाई केपी शर्मा ओली प्रवृत्तिकै पुनरावृत्ति भएको बताएका छन् ।

लोकतन्त्रमा पार्टी छोड्न वा नयाँ बनाउन पाइने तर सांसद पद जोगाउनकै लागि अध्यादेशको सहारा लिने प्रवृत्ति लोकतन्त्रका लागि घातक भएको उनको ठहर छ ।

ओली प्रवृत्तिका विरुद्ध लडेर वैकल्पिक गठबन्धन निर्माण गर्न आफूहरुले भूमिका खेलेको तर यही गठबन्धनको सरकारले पुरानै प्रवृत्ति दोहोर्‍याउनु दुर्भाग्य हुने भट्टराईले बताए । अध्यादेशले गठबन्धनको छविलाई नराम्ररी धमिल्याउने उनको भनाइ थियो ।

जसले ल्याए पनि पार्टी विभाजन अध्यादेश हिजो पनि गलत रहेको र आज पनि गलत नै रहेको भन्दै उनले अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

अध्यादेशले क्षणिक रुपमा कसैलाई फाइदा पुगे पनि दीर्घकालीन रुपमा घातक नै हुने उनले बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट