काठमाडौँ, १ भदौ ।
अफगानिस्तान तालिवानको नियन्त्रणमा आएपछि धेरैले देश छाड्न खोजिरहेका छन्। यो दृश्य काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमामा देख्न सकिन्थ्यो।
विमान चढेर देश छाड्नका लागि तछाडमछाड गर्नेहरुको दृश्य सामाजिक सञ्जालमा छरपस्ट भएका छन्। विमानको बाहिरी भागमै चढेर उड्ने क्रममा केही मानिसहरुको विमानबाट खसेर मृत्युसमेत भएका समाचारहरु बाहिरिएका छन्।
यसैबीच अमेरिकी सेनाको जहाज, जुन १५० सेनालाई बोक्ने गरिन्थ्यो। उक्त जहाज ६४० अफगानी शरणार्थी बोकेर काबुलबाट कतार उडेको खुलेको छ। युएस एअर फोर्सको सि(१७ नम्बरको उक्त जहाज आइतवार उड्ने तयारी गरेपनि धेरै मानिसहरु भएका कारण ढिला गरी उडेको थियो। काबुलबाट भाग्न चाहने धेरै जना ओइरिएपछि विमान ढिला गरी उडेको थियो। उक्त विमानमा ८०० जनासम्म अफगानीहरु भएको पनि बताइएको छ। विमानमा धेरैजसो महिला, बालबालिका रहेको बताइएको छ।





