रोकौँ आत्महत्या (सम्पादकीय)

प्रतिकूल परिस्थितिको सामना गर्न डराउने कमजोर मानसिकताको उपज हो आत्महत्या । यतिमात्र होइन, कडा खालको मानसिक रोगबाट ग्रसित बिरामीले पनि आत्महत्याको प्रयास गर्छन् । क्षणिक आवेगमा आफ्नै जीवन सिध्याउनेहरू अपराधी हुन् ।

आत्महत्याभन्दा ठूलो अपराध केही छैन । जस्तोसुकै परिस्थितिमा पनि मानिसको बाँच्न पाउने हकको सम्मान गरिनु पर्छ । अरुबाट नभई आफैले आफ्नो जीवन सिध्याउनेहरूप्रति सहानुभूति दर्साउनु पनि बेकार हुन्छ । सभ्य समाजमा सबैखाले अपराध वर्जित छन् । तर ती अपराधको अस्तित्व सकिएको भने छैन । समाजमा व्याप्त सबैखाले अपराधसँगै आत्महत्यालाई पनि रोक्न आवश्यक छ ।

विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट गुज्रिरहेको छ । नेपालमा पनि निषेधाज्ञाका कारण मानिसहरूले जागिर गुमाउनेसम्मको अवस्थामा पुगेका छन् । यसले गर्दा डिप्रेसनमा जाने र अन्तिम विकल्पका रुपमा आत्महत्या रोज्नेहरु पनि भेटिएका छन् । चितवन प्रहरीको तथ्यांक हेर्दा पछिल्ला दुई आर्थिक वर्षमा आत्महत्या बढेको देखिन्छ । जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा १६९, २०७६/७७ मा १७७ र २०७७/७८ मा २१७ वटा आत्महत्याको घटना भएका छन् ।

आर्थिक वर्ष २०७६र७७ को तुलनामा २०७७/७८ मा आत्महत्या दर्ता हुने दर २२.५९ प्रतिशतले बढेको पाइन्छ । यो तथ्यांकले समाजको चिन्ताजनक अवस्था दर्साउँछ ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको कारण उत्पन्न असहज परिस्थितिले मानिसलाई आत्महत्यासम्म पुर्‍याएको होला । तर जनताको जीउधनको सुरक्षाको जिम्मा राज्यको हो । राज्यले महामारीकै कारण कामबाट विस्थापित भएकाहरुका लागि दुई छाकको जोहो गरिदिने हो भने आत्महत्याका घटनामा कमि आउन सक्छ ।

उद्योगी, व्यवसायीले पनि संकटमा आफ्ना कामदारको सुरक्षा गर्नुको साटो विभिन्न बहानामा कामबाट निकाल्ने काम तुरुन्त बन्द गर्नु पर्छ । कामदारमाथि यस्तो अन्याय गर्ने उद्योगी वा व्यवसायीलाई सरकारले कारबाहीको दायरामा ल्याउनु पर्छ । अनिमात्र समाजमा अपराध कम हुन सक्छ । पैसाको बलमा अन्याय र अत्याचार बढ्दै जाने हो भने पीडितले कि त आत्महत्या रोज्छ कि गैरकानुनी बाटो । यी दुबै कुरा समाजका लागि हानिकारक छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट